काठमाडौं- इंग्लिस क्लब लिभरपुलले क्लब विश्वकप फुटबलको उपाधि जितेको छ।
शनिबार राति कतारमा भएको खेलमा लिभरपुलले ब्राजिलका फ्लामेन्गोलाई १-० गोल अन्तरले पराजित गर्दै क्लब विश्वकपको उपाधि जितेको हो। लिभरपुललाई उपाधि दिलाउन रोबर्टो फिर्मिन्होले गोल गरे।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा पनि बराबरी खेलेपछि अतिरिक्त समयमा खेल धकेलिएको थियो। खेलको ९९औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए।
लिभरपुलमाथि केही दबाब सिर्जना गरेको फ्लामेन्गोले गोल गर्ने अवसर पाएपनि गोल गर्न सकेन।
अतिरिक्तको बाँकी समयमा गोल हुन नसकेपछि लिभरपुलले फ्लामेन्गोलाई १-० गोलले पराजित गर्दै पहिलो पटक क्लब विश्वकपको उपाधि उचालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।