एजेन्सी– क्रिकेट वेस्ट इन्डिज (सिडब्लुआई) ले आगामी महिना पाकिस्तान भ्रमण गर्ने आफ्ना खेलाडीलाई जनही २५ लाख ९० हजार रुपैयाँ (२५ हजार अमेरिकी डलर) दिने भएको छ।
वेस्ट इन्डिजले आगामी अप्रिल १,२ र ३ मा पाकिस्तानमा तीन खेलको टी–२० सिरिज खेल्नेछ। त्यसका लागि क्रिकेट वेस्ट इन्डिजले १३ सदस्यीय टिम घोषणा गरिसकेको छ।
पाकिस्तान भ्रमणका लागि क्रिकेट वेस्ट इन्डिजले पाकिस्तान क्रिकेट बोर्डसँगको सम्झौताको आधारमा रकम दिन लागेको हो।
सन् २००९ को गोलीकाण्ड पछि पाकिस्तानमा नियमित क्रिकेट सिरिज हुन सकेको छैन। त्यसलै वेस्ट इन्डिजका खेलाडीले पाकिस्तान भ्रमणका लागि थप रकमको माग गरेका थिए।
यसअघि पाकिस्तान भ्रमण गरेका जिम्बावेका खेलाडीले जनही १२ हजार ५ सय डलर पाएका थिए।
गत जनावरीमा भएको नयाँ सम्झौताको आधारमा वेस्ट इन्डिजका खेलाडीको तलव बृद्धि गरिएको थियो। जसनअनसार टी–२० का खेलाडीले एक खेलको कम्तिमा १७ सय २५ डलर देखि ५ हजार डलरसम्म पाउनेछन्। यो तलब यसअघको भन्दा दोब्बर हो। यो सम्झौता एकदिवसीय र टेस्टमा पनि लागु गर्ने भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।