पाँचथर– दुर्लभ बन्दै गएको चौँरीपालन व्यवसाय प्रवद्र्धनका लागि पाँचथरको सीमावर्ती फालेलुङ गाउँपालिकाको प्राङवुङमा चौरी महोत्सव हुने भएको छ।
जिल्लाको साविक प्राङवुङ, सिदिन र मेमेङ गाविसका चौरी पालक कृषकको अगुवाइमा वैशाख १ गतेबाट महोत्सव आयोजना गरिने मूल आयोजक समितिका अध्यक्ष डिल्लीअन्जुम केरुङले जानकारी दिए।
चौँरी महोत्सवमा नेपाल, भारत र भूटानबाट समेत गरी ५ सय भन्दा बढी चौरीको प्रदर्शनी, याक राइडिङ, चौँरीजन्य उत्पादनको प्रदर्शनी तथा बिक्रीसमेत गरिने जनाइएको छ।
नेपाल र भारतको सीमावर्ती क्षेत्रमा रहेको उक्त स्थानमा यो वर्ष १० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको बताइएको छ।
महोत्सवमा नेपाल, भारत र भूटानबाट समेत ठूलो संख्यामा अवलोकनकर्ता आउने र नेपालको उच्च भू–भागमा पालिँदै आएका चौँरीका विभिन्न प्रकारका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन समेत महोत्सवले सघाउने आयोजकको दाबी छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।