कञ्चनपुर– कञ्चनपुरको बेदकोट नगरपालिका–३, भम्कामा करिब १ करोड रुपैयाँ लगानीमा अत्याधुनिक सुविधासहितको कभर्ड हल बन्ने भएको छ।
नगरप्रमुख अशोककुमार चन्दले सोमबार कभर्ड हल निर्माणको कार्य शुभारम्भ गर्दै यसबाट नगर क्षेत्रमै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सकिने बताए।
कभर्ड हलका लागि १ करोड ३० लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ। यसमा महिला पुरुषका लागि छुट्टाछुट्टै शौचालय, वाथरुम, कपडा बदल्ने कोठा, ब्याडमिन्टन कोर्ट, बक्सिङ, कराँते, तेक्वान्दो कोर्ट निर्माण गरिने उनले जानकारी दिए।
कभर्ड हलमै कार्यालय कक्ष र वरिपरिको क्षेत्रमा पर्खाल लगाई सुरक्षित बनाइने र निर्माण कार्य असार मसान्तभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।