• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

२०१९ मा ४९ पत्रकारको हत्या

64x64
नेपाल लाइभ शनिबार, पुस ५, २०७६  १७:५३
1140x725

एजेन्सी– विश्वका विभिन्न ठाउँमा भइरहेको द्वन्द्व र अनुदारवादी शासन व्यवस्थाका कारण हरेक वर्ष सयौँ पत्रकारको हत्या हुने गरेको छ। तर २०१९ मा भने पत्रकार हत्याका घटनामा केही कमी आएको छ। सन् २०१९ प्रेस स्वतन्त्रता, पत्रकारिता र लोकतन्त्रका लागि केही सुखद् भए पनि सन्तोष मान्ने अवस्था भने नरहेको अधिकारकर्मीहरुको भनाइ छ। 

हालै सार्वजनिक भएको विवरणअनुसार सन् २०१९ मा संसारभर ४९ पत्रकारको हत्या भएको छ। अघिल्लो वर्ष भने विश्वभर ९४ पत्रकारको हत्या भएको तथ्यांक सार्वजनिक भएको थियो। पछिल्लो दुई दशकमा औसतमा प्रत्येक वर्ष ८० पत्रकारको हत्या हुने गरेको थियो। 

‘रिपोर्टर्स विथाउट बोर्डर’ ले गत मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा हत्या हुने पत्रकारको सङ्ख्या गत १६ वर्षयताको सबभन्दा कम भएको उल्लेख गरिएको छ। सबैभन्दा धेरै पत्रकार मारिएको वर्ष सन् २००६ थियो। उक्त वर्षमात्रै १ सय ५५ पत्रकार मारिएका थिए। यो संख्यामा आमसञ्चार संस्थामा कुनै न कुनै रुपमा काम गर्ने सबैलाई जोडिएको छ। 

सन् २०१८ मा हत्या गरिएका पत्रकारको सङ्ख्या सन् २०१७ को भन्दा बढी भए पनि इराक र सिरियामा युद्ध चर्किएको बेलामा जस्तो धेरै भने थिएन। गत १६ वर्षमा अफगानिस्तान पत्रकारका लागि सबैभन्दा खतरनाक देशको रूपमा कायम छ। काबुलमा एउटा बम विस्फोटको समाचार संकलन गर्न गएका नौ अफगानी पत्रकार मारिएका थिए। दोस्रो आत्मघाती विस्फोट पत्रकारकै भेष धारण गरेका आक्रमणकारीले गराएका थिए। पत्रकार हत्याका घटनामा अहिले भने कमी आएको छ। 

द्वन्द्वरत पक्ष कमजोर हुँदै गएको, पत्रकार हत्याका बारेमा उनीहरुको सतर्कता र सचेतना बढेको, पत्रकारको हत्या हुँदा संसारभरबाट आक्रोस र आलोचना भएर बदनाम हुने गरेको, पत्रकारको हत्यामा संलग्न भएको पक्षलाई असहयोग र अप्ठ्यारो बढी पर्ने गरेकोलगायतका कारणले हत्याका घटनामा कमी आएको विश्लेषण गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैगरी कतिपय मुलुकहरुमा भने द्वन्द्वको अवस्थामा सुधार आएको र शासन व्यवस्था र तथा शासकहरु पनि परिमार्जित हुन बाध्य भएकाले पत्रकार हत्याका घटना कम भएको हुनसक्ने विज्ञहरुको भनाइ छ। 

समाचार संकलन, सम्प्रेषण र प्रसारण तथा प्रकाशन गर्ने क्रममा वा गरेवापत मारिएका सञ्चारकर्मी र पत्रकारको संख्या सन २०१८ मा सबैभन्दा बढी अफगानिस्तान र सबैभन्दा कम प्यालेस्टाइन र ग्वाटेमालामा रहेको थियो। प्रतिवेदमा जनाइएअनुसार गतवर्ष सन् २०१८ मा अफगानिस्तानमा १६, मेक्सिकोमा ११, यमनमा ९, सिरियामा ८, भारतमा ७, पाकिस्तानमा ५, सोमालियामा ५, अमेरिकामा ५, फिलिपिन्समा ३, इक्वेडरमा ३, ब्राजिलमा ३, कोलम्बियामा २, प्यालेस्टाइनमा २ र ग्वाटेमाला २ पत्रकार मारिएका थिए। सूचना संकलनको दौरानमा पत्रकारसँगै मारिएका चालक, अन्य सहयोगी र सुरक्षा अधिकारीलाई भने यसमा गणना गरिएको छैन। 

समाचार संकलनप्रतिको असहिष्णुता, लोकप्रियतावादका साथसाथै भ्रष्ट्राचार र अपराध नै पत्रकार मारिनुका प्रमुख कारणहरू भएको आइएफजेको ठम्याई छ। विषेशगरी द्वन्द्व जारी रहेको मुलुक यमन, सिरिया र अफगानिस्तान पत्रकारको हत्याका घटनामा अघि भएको अन्तर्राष्ट्रिय संघ संस्था तथा निकायहरुले जनाएका छन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सन् २०१९ मा ३ सय ८९ पत्रकारलाई बन्धक बनाइएको र त्यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा १२ प्रतिशत बढी भएको पनि सो संस्थाले जनाएको छ। तीमध्ये आधाजति पत्रकार चीन, इजिप्ट र साउदी अरब गरी तीन देशमा बन्दी बनाइएका हुन्। सिरिया, यमन, इराक र युक्रेनसहित विश्वभर अहिले पनि ५७ पत्रकार कारागारमै रहेका पनि सो प्रतिवेदनमा उल्लेख छ।  सन् २०१८ मा भने टर्कीमा ६८, चीनमा ४७, इजिप्टमा २५, साउदी अरेबिया र इरिट्रिया १६ पत्रकार थुनामा परेका थिए। यी देशहरु धेरै पत्रकारलाई थुन्ने देशमा परेका हुन् भने अन्य देशहरुमा पनि पत्रकारहरुलाई थुन्ने गरिएको आईएफजेको प्रतिवेदनमा जनाइएको छ। 

पत्रकार हत्याका घटनामध्ये साउदी पत्रकार जमाल खासोग्जीको हत्याको घटना सवैभन्दा चर्चित घटना बन्न पुग्यो । सन् २०१८ मा भएको यो हत्याकाण्डले लामो समयसम्म संसारभर चर्चा भएको थियो। साउदी अरबका राजकुमार र अमेरिकासँग जोडिएको घटना भएकाले विश्वव्यापी चर्चा पाएको हो। यसले कुटनीतिक क्षेत्रमा पनि धेरै उथलपुथल ल्याएको थियो। 
रासस
 

प्रकाशित मिति: शनिबार, पुस ५, २०७६  १७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वसांसद डा. विजय पौडेलको निधन
काङ्ग्रेसको मतगणना २३ ठाउँमा जारी
ओलीको चेतावनी: घेराबन्दी सकिएको छैन, बलजफ्तीको प्रतिवाद गर्छौं
सम्बन्धित सामग्री
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काङ्ग्रेसको मतगणना २३ ठाउँमा जारी सोमबार, असोज २६, २०८३
ओलीको चेतावनी: घेराबन्दी सकिएको छैन, बलजफ्तीको प्रतिवाद गर्छौं सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई सोमबार, असोज २६, २०८३
गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्