पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटमा काठमाडौं गोल्डेन वारियर्सले विराटनर टाइटन्सलाई ३६ रनले हराएको छ।
१ सय ६० रनको लक्ष्य पछ्याएको विराटनगरले १९.४ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय २३ रन मात्र बनाउन सक्यो। सातौँ क्रममा ब्याटिङमा आएका नोमन खान र आठौँ क्रममा आएका पुनित मेहराले साझेदारी बढाए पनि विराटनगरले जित्न सकेन। नोमन खान २६ बलमा २५ रन बनाउँदा रन आउट भए। पुनितले ३१ बलमा ५३ रन बनाए।
यसअघि काठमाडौं पहिलो खेलमा पोखरा पल्टनसँग ९ विकेटले साथै दोस्रो खेलमा बुटवल ब्लास्टरसँग सुपर ओभरमा पराजित भएको थियो। काठमाडौंले तेस्रो खेलमा धनगढीलाई १ सय ६ रनले हराएको थियो। जसमा कप्तान ज्ञानेन्द्र मल्लले शतक बनाएका थिए।
विराटनगर पहिलो खेलमा धनगढीसँग ५ रनले पराजित भएको थियो। दोस्रो खेलमा पोखरालाई ४५ रनले जितेको थियो।
काठमाडौंविरुद्ध विराटनगरका ओपनिङ ब्याट्सम्यान मोहम्मद जायद आलम ६ बलमा १ रन साथै सुनिल धमला २ बलमा १ रन बनाउँदा आउट भएका थिए। कप्तान प्रदीप ऐरी २७ बलमा २९ रन बनाउँदा आउट भए।
.JPG)
राजु रिजाल पनि ३ बल खेलेर १ रनमै आउट भए। दीलिप नाथ ३ बलमा १ रन बनाउँदा आउट भए। राजेश पुलामी मगरले १२ बलमा २ रन बनाए।
काठमाडौंका सुबोथ भाटीरले तीन, बसन्त रेग्मी र अमर सिंह रौटेलाले दुई–दुई साथै अमृत भट्टराई र सुशन भारीले एक–एक विकेट लिए।
यसअघि पोखरा रंगशालाको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौंले पूरा २० ओभर खेलेर ५ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो।
काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल ३३ बलमा ४५ रन बनाए। उनले ३ चौका २ छक्का हाने। ओपनिङमा आएका जय किशन कोल्सावालले पनि अर्धशतक बनाएका थिए। ४३ बल खेलेका उनले ५५ रन बनाए। जसमा उनले ५ चौका २ छक्का हाने।
ओपनिङमा आएका गौरव तमोर ६ बल खेलेर बिना रन आउट भएका थिए। अमित श्रेष्ठले १५ बलमा १७ रन बनाए। सुवोथ भाटीले ९ बलमा १४ रन बनाए। विराटनगरका पुनित मेहराले दुई साथै नोमन खान, जितेन्द्र मुखिया र किशोर महतोले एक–एक विकेट लिए।
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।