पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटमा विराटनर टाइटन्सविरुद्ध काठमाडौं गोल्डेन वारियर्सका जय किशन कोल्सावालले अर्धशतक बनाएका छन्। ३८ बल खेलेका उनले ५० रन बनाए। जसमा उनले ४ चौका २ छक्का हाने।
पोखरा रंगशालाको क्रिकेट मैदानमा भइरहेको खेलमा काठमाडौंले टस जितेर ब्याटिङ रोजेको हो। ओपनिङमा आएका गौरव तमोर ६ बल खेलेर बिना रन आउट भए। अमित श्रेष्ठले १५ बलमा १७ रन बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।