काठमाडौँ– नेपालको परराष्ट्र मन्त्रालय र इजरायलको विदेश मन्त्रालयबीचको द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक काठमाडौंमा सोमबार सम्पन्न भएको छ।
बैठकमा आर्थिक, प्राविधिक र सांस्कृतिक क्षेत्रमा भएको द्विपक्षीय सहयोगको वर्तमान स्थितिबारे समीक्षा गर्दै आगामी दिनमा दुई देशबीच सहयोगात्मक सम्बन्ध र साझेदारीको विकास गर्ने विषयमा छलफल भएको थियो।
बैठकमा नेपालको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गाप्रसाद भण्डारी र इजरायलकातर्फबाट त्यहाँको विदेश मन्त्रालयका एशिया प्रशान्त महाशाखाका उपमहानिर्देशक गिलाद कोहेनले गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।