काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनको स्टेट काउन्सिलर तथा विदेशमन्त्रीमा नियुक्त भएकामा वाङ यीलाई बधाई दिँदै उनको सफल कार्यकालको कामना गरेका छन्।
उनले आफ्नो सन्देशमा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध रहिरहेकामा सन्तोष व्यक्त गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई अझ गहन बनाउन चिनसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।