एजेन्सी- संयुक्त राष्ट्रसंघले हरेक वर्षको सेप्टेम्बर ७ तारिखलाई निलो आकाशका लागि सफा दिवसको रुपमा मनाउने घोषणा गरेको छ।
राष्ट्रसंघको महासभाले सो दिवसलाई अन्तर्राष्ट्रिय दिवसको रुपमा घोषणा गरेको राष्ट्रसंघका अधिकारीहरुले जनाएका छन् । दिवस मनाउने निर्णय आगामी सन् २०२० देखि लागू हुने जनाइएको छ।
स्वच्छ तथा सफा हावा स्वास्थ्य र दैनिक जीवनका लागि अति महत्वपूर्ण भएकाले त्यस बारेमा आम नागरिकको ध्यानाकर्षण गराउन दिवस मनाउन लागिएको अधिकारीहरुले जनाएका छन्।
वायु प्रदुषणले विश्वभरका नागरिकको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पार्ने र धेरै रोग र मृत्युको कारक पनि भएकाले स्वच्छ वायुको महत्व अत्यन्त धेरै रहेको विज्ञहरुको भनाइ छ ।
वायुको गुणस्तर बढाउन विश्वव्यापी रुपमा अध्ययन, अनुसन्धान, जनचेतनामुलक अभियान चलाउनु पर्नेमा समेत सरोकारवालाहरुले जोड दिँदै आएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।