एजेन्सी- दिल्ली–एनसीआरसहित उत्तर भारतका केही क्षेत्रमा भुकम्प गएको छ। भुकम्प मापनकेन्द्रका अनुसार ६.८ रेक्टर स्केलको भूकम्प गएको हो । यसको केन्द्रविन्द हिन्दकुस क्षेत्र भएको बताइएको छ। ५.१३ बजे भूकम्प गए पनि हालसम्म क्षतिको विवरण प्राप्त भएको छैन ।
भारतकाे मौसम विभागका अनुसार भुकम्प केन्द्रको गहिराई १९० किलोमिटर मुनि थियो। यो धक्का भारतका साथै छिमेकी देश अफगानिस्तान र पाकिस्तानमा पनि महसुस गरिएको थियो । पाकिस्तानमा ६.१ र अफगानिस्तानमा ६.८ तिव्रता महसुस गरिएको थियो । अफगानिस्तान र पाकिस्तानमा दिउँसै भुकम्पको धक्का महसुस गरिएको थियो । शक्तिशाली धक्काका कारण इस्लामाबाद र काबुलमा मानिसहरु घरबाट बाहिर निस्किएर सडकमा बसेका थिए।
हिमाञ्चल प्रदेशको काँगडा जिल्लामा पनि मंगलवार बिहान भूकम्पको धक्का महसुस गरिएको थियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।