काठमाडौं- बिग ब्यास लिग क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले विजयी सुरुवात गरेको छ।
शुक्रबार भएको आफ्नो पहिलो खेलमा मेलबर्नले ब्रिसबेन हिटलाई २२ रनले पराजित गरेको हो। १६८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको ब्रिसबेनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४५ रन मात्रै बनाउन सक्यो।
ब्रिसबेनका लागि टोम बेनटनले ६४ र मट रेनशवले ३९ रन बनाए। बलिङतर्फ एडम जाम्पाले ३ विकेट लिदा ह्यारिस राउफ र ड्यानियल वोरलले समान २–२ विकेट लिए। त्यस्तै, सन्दीपले ४ ओभर बलिङ गर्दै ३८ रन खर्चिएर १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६७ रन बनाएको थियो। मेलबर्नका लागि कप्तान ग्लेन म्योक्श्वेलले उत्कृष्ट पारी खेल्दै मात्र ३९ बलमा ७ चौका र ५ छक्काको मद्दतमा ८३ रन बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।