काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लब र च्यासल युथ क्लबले अंक बाँडेका छन्।
ललितपुरस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा मछिन्द्रले च्यासलसँग १–१ गोलको बराबरी खेल्दैं अंक बाँडेको हो। मछिन्द्रका लागि देवेन्द्र तामाङले गोल गरे। यता, च्यासलका लागि सन्तोष साहुखलाले गोल गरे।
खेलको २७औं मिनेटमा नै लेफ्ट फुटेड सट प्रहार गर्दै च्यासललाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा १–० गोलको अग्रता बनाएको च्यासलले दोस्रो हाफको अन्त्यतिर आफ्नो अग्रतालाई कायमै गर्न नसक्दा अंक बाँड्न पुग्यो। खेलको ८९औं मिनेटमा देवेन्द्रले गोल गरेपछि मछिन्द्रले च्यासलसँग १–१ गोलको बराबरी खेलेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।