राजविराज– चैत ८ गतेदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सप्तरीबाट ९ हजार ५ सय ९७ जना विद्यार्थी सहभागी हुने भएका छन्।
नियमिततर्फ ८ हजार ५ सय १४ र एक्ज्याम्टेडतर्फ १ हजार १३ गरी कुल ९ हजार ५ सय ९७ विद्यार्थी परीक्षामा सहभागी हुने जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले जानकारी दिए।
७७ सामुदायिक, ४४ निजी र १ खुल्ला एका गरी कुल १ सय २२ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। परीक्षाका लागि ३६ वटा परिक्षा केन्द्र तोकिएको छ।
प्राविधिकतर्फ बोदे वरसाइन, कल्याणपुर, खुरहुरीया, बोरिया, कट्टी र फत्तेपुर गरी ६ वटा तथा एक्ज्याम्टेडतर्फका विद्यार्थीका लागि राजविराज स्थित राजदेवी र पवि मावि गरी २ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।
परीक्षामा ३६ केन्द्राध्यक्ष, ४५ सहायक केन्द्राध्यक्ष, ४ सय १ निरीक्षक र २ सय १५ कार्यालय सहयोगी खटिनेछन्। प्रत्येक केन्द्रमा १५ जनाका दरले कुल ५ सय ४० सुरक्षाकर्मी खटाइने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।