काठमाडौं- एक दिवसीय विश्वकप मान्यता दिलाउन सफल नेपाली टोली सोमबार स्वदेश फर्किएको छ। क्रिकेटमा ऐतिहासिक सफलता पाएर फर्किएका खेलाडीलाई विमानस्थलमा खेलकुद मन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट लगायत खेल पदाधिकारी सहित सयौं समर्थकले स्वागत गरे।

यही भीडमा क्रिकेट समर्थकका रुपमा थिए नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काका हजुरबुवा प्रेमबहादुर खड्का। उनी खेलाडी विमानस्थलमा आउनुपूर्व समर्थकहरुसँग खुसी साट्दै बसेका थिए। पारसका हजुरबुवा प्रेमबहादुर देशभित्र क्रिकेट हुँदा मैदानमै पुगेर हेर्ने गर्छन्। उनले क्रिकेटमा पाएको सफलताले आफू नाती जत्तिकै खुसी भएको नेपाल लाइभलाई बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।