काठमाडौं- प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयन गर्न माग गरेका छन्।
हिउँदे अधिवेशनअन्तर्गत राष्ट्रियसभाको पहिलो बैठकमा आफ्ना भनाइ राख्दै सांसद सुरेन्द्र पाण्डेले संसदबाट छिटो पारित गरेर त्यसको कार्यान्वयन गर्न माग गरे ।
‘विधेयकमा किन प्रगती भएको छैन्?, किन अगाडि बढेको छैन?,’ पाण्डेले सरकारप्रति प्रश्न गर्दै भने, ‘हामी खर्बौं ऋण लिन लालायित हुन्छौं । कुनै देशले दिने अनुदान लिन किन हामी खुट्टा कमाइ रहेका छौं? यही संसदबाट त्यो पारित भएर कार्यान्वयनमा जाओस्।’
पाण्डेले सरकारले कालापानीमा भारतले मिचेको भूमि फिर्ता ल्याउन कुनै पहल नगरेको आरोप लगाए।
‘सरकाका तर्फबाट भूमि फिर्ता ल्याउन पहल भएन,’ उनले भने, ‘के हिजोको राष्ट्रवाद कृत्रिम थियो? सरकार किन खुट्टा कमाइ रहेको?’
उनले नेपालको भूमि फिर्ता गराउने सवालमा खुट्टा कमाउन नपाइनेसमेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।