काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता प्रस्ताव तत्काल संसदबाट अनुमोदन गर्न माग गरेको छ।
‘विकास र सहयोगसम्बन्धी अमेरिकी निकाय एमसिसीसँगको अनुदान सहायता सम्झौता प्रस्ताव तत्काल संसदबाट पारित गरिनुपर्छ,’ सो पार्टीद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेछ छ, ‘नेपालले लाभ लिन सक्ने सम्झौता पारित गर्न ढिलाइ गरिनु आश्चर्यजनक रुपमा रहेको छ, यो सम्झौतालाई चालू संसद अधिवेशनमै अघि बढाउन राप्रपा सरकारसंग माग गर्दछ।’
सो पार्टीले समान विचार भएका व्यक्ति, समूह र दलसँग एकीकृत शक्ति निर्माण गर्न आव्हान गर्दै पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त) लाई एकताका लागि आव्हानसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।