नुवाकोट– नुवाकोटका जनप्रतिनिधिलाई तत्काल पदबाट राजीनामा दिन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले चेतावनी दिएको छ।
जिल्ला जनपरिषद् नुवाकोटका प्रमुख विन्तोस सिलवाल (अशोक)ले निर्वाचित सबै जनप्रतिनिधिलाई पत्र लेख्दै तत्काल राजीनामा दिन आह्वान गरेका छन्। राजीनामा नदिए कारबाही गरिने त्यसको जिम्मेवार स्वयं हुनुपर्ने चेतावनी दिएको छ।
दलाल पुँजीवाद र सामाजिक पुँजीवादको खोल ओढेर राज्यकोषको दुरुपयोग गरी जनताको नजरमा कलंकित बन्नुभन्दा राजीनामा दिन सबैमा विज्ञप्तिमा आग्रह गरिएको छ।
– शालिकराम चालिसे
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।