काठमाडौं– प्रतिनिधी सभाको रिक्त सभामुख पद पूर्ति प्रक्रिया पुस ११ गते मात्रै थालिने भएको छ। आज बसेको कार्यव्यवस्था परामर्ष समितिको बैठकले पुस ११ गते १ बजे बस्ने संसदको बैठकले सभामुख चयन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
प्रतिनिधी सभाको आजको बैठकमा राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने, यसबिचमा दिवंगत पूर्व सांसदको शोक प्रस्ताव पारित गर्ने र मौन धारण गर्ने कार्यसूची छ।
संसदको हिउँदे अधिवेशन सुरु गर्नुअघि शुक्रबार दिउसो १ बजे उपसभामुख शिवमाया तुम्बाहाङ्फेले कार्यव्यवस्था बैठक बोलाएकी हुन्। सभामुखले बोलाउने गरेको उक्त बैठक उपसभामुख तुम्बाहाङ्फेले सभामुखकै हैसियतमा बोलाएकी हुन्।
प्रतिनिधी सभा बैठकको अध्यक्षता पनि उनले नै गर्ने भएकी छिन्। सभामुख नभएका अवस्थामा बैठकको अध्यक्षता उपसभामुखले गर्ने संविधानमा व्यवस्था भएपनि प्रतिनिधिसभा नियमावलीमा बैठकको प्रारम्भ र स्थगन सभामुखले गर्ने प्रावधानले यसअघि अन्योल सिर्जना गरेको थियो।
उपसभामुखले अध्यक्षता गर्ने विषयमा सवै पार्टीको सहमति जुटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।