पोखरा- पोखरा प्रिमिय लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटको नवौं खेलमा चितवन राइनोजले धनगढी ब्लुजलाई १ सय ८२ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ रोजेको चितवनले पूरा ओभर खेल्दै ५ विकेट जाँदा १ सय ८१ रन बनाएको हो।
चितवनका लागि ओपनिङ ब्याटिङमा आएका रोहन मुस्तफाले १६ बल खेलेर ९ रन साथै कप्तान पारस खड्काले १५ बलमा २३ रन हाने। बाबर हयातले २८ बलमा ३६ रन, हरिशंकर शाहले ५ बलमा ८ रन, अनिल साहले २० बलमा १९ रन बनाए।
अविजित रहेका सन्नी पटेलले १७ बलमा ३२ रन साथै आरिफ शेखले २० बलमा ४७ रन बनाए। आरिफले ४ छक्का र २ चौका हाने।
धनगढीका कप्तान दिपेन्द्र सिंह ऐरी र अनिल खरेलले दुई–दुई साथै अमित यादवले एक विकेट लिए।
यसअघि चितवनले पोखरालाई ६ विकेटले साथै बुटवललाई १ सय १९ रनले हराएको थियो। यस्तै धनगढीले विराटनगरलाई ५ रनले हराएको थियो भने काठमाडौंसँग १ सय ६ रनले हारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।