पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटको आठौँ खेलमा बुटवल ब्लास्टरका अफ्ताबउद्धिन अहमदले अर्धशतक बनाएका छन्। पोखरा पल्टनले दिएको १ सय २२ रनको लक्ष्य पछ्याउने क्रममा उनले अर्धशतक बनाएका हुन्।
अफ्ताबुद्धिनले ३३ बलमा १० चौकासहित ५० रन बनाएका हुन्।
बुटवलले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको पोखराले पूरा २० ओभर खेल्दै ५ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो। पोखराका लागि ओपनिङ ब्याटिङमा आएका कुशल भुर्तेल दुई बल खेलेर रन नबनाइ आउट भए। अर्का ओपनर इशान पाण्डेले १९ बल खेलेर १३ रन बनाए।
कप्तान शरद भेषावकरले १४ बलमा ७ रन बनाए। बिनोद भण्डारीले ५ बलमा ३ रन बनाए। रोहित पौडेलले १८ बलमा १९ रन बनाए। उनले एक चौका र एक छक्का हाने।
रवि इन्दर सिंहले ४२ बलमा ४५ रन बनाए। उनले २ चौका र २ छक्का हाने। प्रथमेस डाकेले २० बलमा २० रन हाने।
बुटवलका हर्ष टन्कले दुई साथै ललित भण्डारी, शिवम सिंह र नितेश थापाले एक–एक विकेट लिए।
यसअघि पोखराले पहिलो खेलमा काठमाडौंलाई ९ विकेटले हराएको थियो। दोस्रो खेलमा चितवनसँग ६ विकेटले हारेको पोखरा तेस्रो खेलमा विराटनगरसँग ४५ रनले हारेको थियो।
बुटवल ब्लास्टरले पहिलो खेलमा काठमाडौंलाई सुपर ओभरमा हराएको थियो। बुटवल दोस्रो खेलमा चितवनसँग १ सय १९ रनले हारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।