म्याड्रिड– स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले खेल जीवनको ५०औं ह्याट्रिक पूरा गरेका छन्।
रोनाल्डोले आइतबार राति गिरोना विरुद्धको खेलमा ४ गोल गरेका हुन्। खेलमा रोनाल्डोले ११, ४७ र ६४ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गर्दा दोस्रो हाफको इन्जुरी टाइममा चौथो गोल गरेका थिए।
उनले गरेका ५० ह्याट्रिक मध्ये ४४ ह्याट्रिक रियल म्याड्रिडका लागि गरे। पाँच ह्याट्रिक पोर्चुगलका लागि गरेका रोनाल्डोले एक ह्याट्रिक म्यानचेस्टर युनाइटेडका लागि गोल गरेका थिए।
रोनाल्डोले रियलका लागि गरेका ४४ ह्याट्रिक मध्ये ३४ ह्याट्रिक ला लिगामा गरेका हुन् भने ७ ह्याट्रिक च्याम्पियन्स लिगमा गरे। कोपा डेल रेमा रोनाल्डोले २ ह्याट्रिक गरेका छन्। यस्तै क्लब विश्वकप र युरोपियन च्याम्पियनसिप छनोटमा रोनाल्डोले १–१ ह्याट्रिक गरेका छन्। यस्तै उनले विश्वकप छनोटमा चार पटक ह्याट्रिक गरेका छन् भने प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडका लागि एक ह्याट्रिक गरेका थिए।
रोनाल्डोको ह्याट्रिक (टिमका लागि)
रियल म्याड्रि – ४४ पटक
पोर्चुगल– ५ पटक
म्यानचेस्टर युनाइटेड– १ पटक
रोनाल्डोको ह्याट्रिक (प्रतियोगिताको आधारमा)
ला लिगा– ३४
च्याम्पियन्स लिग – ७
कोपा डेल रे –२
विश्वकप छनोट – ४
प्रिमियर लिग – १
क्लब विश्वकप कप – १
च्याम्पियनसिप छनोट –१
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।