ढाका : लामखुट्टेको टोकाइका कारण आउने डेङ्गु ज्वरोका कारण यस वर्ष बङ्गलादेशमा मृत्यु हुनेको सङ्ख्या १ सय ४१ पुगेको बङ्गलादेशको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ।
सरकारले डिसेम्बर १ देखि १८ सम्ममा डेङ्गु भाइरसको सङ्क्रमणबाट सङ्क्रमण भई अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या १ हजार ८३ भएको जानकारी गराएको छ।
स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयले दिएको तथ्याङ्कमा डेङ्गुका कारण अप्रिलमा दुई, जुनमा छ, जुलाईमा ३५, अगस्टमा ८२, सेप्टेम्बरमा १३ र अक्टोबरमा तीन र डिसेम्बरमा जनाको मृत्यु भएको थियो ।
निर्देशनालयले बङ्गलादेशमा यस वर्ष १ सय ४१ जनाको मृत्यु भएको र एक लाख एक हजार १ सय ४५ व्यक्तिमा डेङ्गुको सङ्क्रमण देखिएको पुष्टि गरेको थियो।
डेङ्गुका कारण नोभेम्बरमा ४ हजार ११, अक्टोबरमा आठ हजार १४३, सेप्टेम्बरमा १६ हजार ८ सय ५६ र अगस्टमा सबैभन्दा धेरै ५२ हजार ६ सय ३६ व्यक्ति डेङ्गुको सङ्क्रमणपछि अस्पताल पुगेका थिए। गत वर्षको तुलनामा डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या झण्डै पाँच गुणा बढेको र सङ्क्रमण झण्डै दश गुणामा देखिएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।