काठमाडौं- सूर्यबहादुर थापा प्रतिष्ठानले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल धनकुटाका खेलाडी र प्रशिक्षकलाई बिहीबार नगदसहित सम्मान गरेको छ।
सागको पुरुष फुटबलमा स्वर्ण जितेका नेपाली फुटबल टोलीका कप्तान सुजल श्रेष्ठ तथा करातेका प्रशिक्षकद्वय कुशल श्रेष्ठ र तारा गुरुङलाई खेलकुदको माध्यमबाट धनकुटाको शान बढाएकोमा प्रतिष्ठानले सम्मान गरेको हो। करातेमा नेपालले १० स्वर्ण, ४ रजत र ५ कांस्य जितेको थियो। खेलाडीका रुपमा कुशल १० औं सागका स्वर्ण विजेता पनि हुन्।
उनीहरुलाई प्रतिष्ठानका अध्यक्ष सुनिल थापा लगायलते जनही २५ हजार नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका हुन्। कार्यक्रममा थापाले सीमित स्रोत र साधनका बावजुद देशको गौरव बढाएकोमा खेलाडीलाई बधाइका साथै धन्यवाद दिदै पदक विजेता खेलाडी र प्रशिक्षकले धनकुटालाई गौरवान्वित तुल्याएको बताए।
सम्मानित प्रशिक्षक श्रेष्ठले आफ्नो ठाउँको परिवारका सदस्यले गरेको सम्मानको छुट्टै महत्व हुने धारणा व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।