काठमाडौं- भारतमा जारी आन्दोलनका क्रममा त्यहाँका वामपन्थी नेताहरु सिताराम यचुरी, प्रकाश करात, डी राजा, निलोत्पल बसु, ब्रिन्दा करात लगायतलाई बिहीबार नयाँ दिल्लीमा गिरफ्तार गरिएको छ।
भारतीय सरकारले हालै ल्याएको नागरिकता ऐनको विरोधमा आन्दोलन चर्कँदै गर्दा त्यहाँको प्रशासनले थप लेखक, अभियन्ता, विद्यार्थी र विपक्षी नेताहरुलाई पक्राउ गरेको हो।
‘हामीलाई भर्खरै गिरफ्तार गरिएको छ,’ भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) का महासचिव डी राजालाई उद्धृत गर्दैै भारतीय सरकारी सञ्चार एजेन्सी पिटिआईले जनाएको छ।
त्यसअघि बिहीबार नै कैयौं प्रदर्शनकारीलाई दिल्लीकै लालकिल्लाबाट पक्राउ गरिएको थियो।
स्वराज अभियानका प्रमुख योगेन्द्र यादवलगायतलाई त्यहाँबाट गिरफ्तार गरिएको थियो भने उता ब्याङ्ग्लोरबाट चर्चित इतिहासकार तथा लेखक रामचन्द्र गुहासहित अभियन्ताहरु पक्राउ परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।