रामेछाप– श्रीमानले कान्छी श्रीमती ल्याएको रिसमा घरमा आगो लगाउँदा एक महिलाले आफ्ना दुई सन्तान गुमाएकी छिन्। रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुमकी २५ वर्षीया तारा केसीले घरमा आगो लगाउँदा २ सन्तानको जलेर मृत्यु भएको हो।
आइतबार राती कान्छी श्रीमतीको विषयलाई लिएर उनले श्रीमानसँग झगडा गरेकी थिइन्। झगडाको रिसमा उनले आगो लगाएकी हुन्। आगोमा परेर उनका ४ वर्षिय छोरा विपिन र २ वर्षिय छोरी रमिताको मृत्यु भएको हो।
उनीहरु बाँसको कटेसमा बस्दै आएका थिए। सोही कटेजमा उनले आगो लगाइदिएकी हुन्। आगो दन्किएपछि बच्चाको उद्धार असम्भव भएको हो।
ततारा र उनका श्रीमान दिलबहादुरलाई पक्राउ गरी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक अमरेन्द्रकुमार सिंहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।