काठमाडौं– नेकपा स्थायी कमिटीको बैठकमा माधव नेपालले पार्टी विधानअनुसार नचलेको गुनासो गरेका छन्। विधान र पद्धति मिचेर मनमौजी पार्टी चलाइएको भन्दै उनले सच्याउन आग्रह गरेका छन्।
पार्टी सही ढंगले नचल्दा त्यसको असर सरकारमा परेको उनले दर्शाएका छन्। सरकार प्रभावकारी नभएको भन्दै समीक्षा जरुरी रहेको उनले बताए।
गृहमन्त्री समेत रहेका नेकपा नेता रामबहादुर थापा बादलले पार्टी एकीकरण ढिलो गरेर गल्ती भएको बताए।
बिहीबार १० जना समिति सदस्यले बोलेका छन्।
समितिका सदस्यले बोल्ने क्रम बिहीबार सकिएसँगै एक दिनका लागि बैठक स्थगित गरिएको छ।
शनिबार बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेल बोल्नेछन्। सवैका सुझावलाई लिएर अर्का अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गर्न एक दिनको समय लिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।