काठमाडौं- १३औं काठमाडौं म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ।
प्रो स्पोर्टस्ले बिहीबार पत्रकार सम्मेलन गरी शनिबार आयोजना हुने काठमाडौं म्याराथन प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो।
काठमाडौं म्याराथन प्रतियोगितामा महिला तथा पुरुष म्याराथन, हाफ म्याराथन, कर्पोरेट रिले, ५ किलो मिटर खुला दौड, ५ किलो मिटर छात्र तथा छात्रा दोड र ३ किलो मिटर ह्विलचियर दौड रहेका छन्। त्यस्तै, पहिलो पटक युवाहरुलाई लक्षित गर्दै फेमिली रन पनि समावेश गरिएको आयोजकले जनाएको छ।
५० विदेशी खेलाडीले काठमाडौं म्याराथनका लागि नाम दर्ता गराई सकेको प्रो स्पोर्टस्की कार्यकारी निर्देशक बाग्मती राईले जानकारी गराइन्।
यो प्रतियोगितालाई प्रदेश ३ सरकार र काठमाडौं महानगरपालिकाले समान ५–५ लाख तथा भक्तपुर नगरपालिकाले १ लाख सहयोग गर्ने भएको पनि आयोजकले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।