ताप्लेजुङ- पाथिभरा–याङवरक गाउँपालिका १ केराबारीमा रुखबाट लडेर एक बालिकाको ज्यान गएको छ। स्थानीय ओदराज दिगर्चा सुनुवारको घरमा काम गर्न बसेकी १३ वर्षीया भावना मगरको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार घाँस काट्न चिउरीको रूखमा चढेकी बालिका अचानक लडेकी थिइन्। उनलाई उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी मेवाखामा प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।