गत मंसिर ३० गते बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल सरकारका दुई सचिवलाई सरुवा गर्ने निर्णय गरेको छ।
मन्त्रीपरिषद् बैठकले नेपाल सरकारका निजामती सेवाअन्तर्गत विशिष्ट श्रेणीका सचिवद्वय नारायणप्रसाद बिडारी र बालकृष्ण घिमिरेलाई सरुवा गरेको हो।
बिडारी यसअघि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय‚ सुदूरपश्चिम प्रदेश‚ धनगढीका प्रमुख सचिवको रुपमा कार्यरत थिए भने घिमिरे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय (अतिरिक्त समूह) मा प्रमुख सचिवको रुपमा कार्यरत थिए।
बिडारीलाई मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय‚ सिंहदरबार सरुवा गरेको छ भने घिमिरेलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय‚ सुदूरपश्चिम प्रदेश‚ धनगढीमा सरुवा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।