• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

नागरिकता कानुनको विरोधमा भारतभर आन्दोलन‚ सरकार अझ कठोर बन्दै

64x64
नेपाल लाइभ बिहीबार, पुस ३, २०७६  १५:०८
1140x725

काठमाडौं- भारतमा नागरिक संशोधन विधेयकलाई लिएर देशभर प्रदर्शन फैलिएको छ। यो प्रदर्शनमा राजनीतिक नेतादेखि इतिहासविद् र बलिउड कलाकारसम्म उत्रेका छन्। देशका विभिन्न भागमा विद्यार्थी र नागरिकले आन्दोलन गरिरहँदा सरकार भने यसको प्रतिरोधमा उत्रिरहेको छ।

नागरिक संशोधन विधेयकलाई लिएर प्रदर्शनमा  प्रहरीले चरम दमनसमेत गरिरहेको छ। नागरिक संशोधन विधेयक संविधानविपरीत रहेको भन्दै प्रमुख प्रतिपक्षले संसदमा चर्को आलोचना गरिरहँदा बहुमतले पारित गराएर लागू गराएको सरकारले प्रर्दशनमा उत्रनेविरुद्ध पनि कडा रुपमा पेश हुन थालेको छ। सरकारले विभिन्न राज्यहरुमा इन्टरनेट बन्द गर्नेदेखि फोन सञ्चालनमा बाधा गर्ने र कर्फ्यू लगाउनेसम्मका कार्य गरेको छ। 

प्रधानमन्त्री नरेन्द्र मोदीले नै सम्बोधन गरेर नागरिकता संशोधन कानुनको बचाउ गरे पनि जनताभने सडकमा प्रदर्शन गरिरहेका छन्। बिहीबार नागरिकता संशोधन विधेयकको विरोधमा सडकमा उत्रिएका प्रसिद्ध  इतिहासकार रामचन्द्र गुहालाई पनि पक्राउ गरिएको छ। 

राजधानी दिल्लीमा फोन बन्द 

देशभर चलिरहेको आन्दोलनलाई ख्याल गर्दै सरकारको आदेशमा भारतको राजधानी दिल्लीमा एयरटेल कम्पनीले टेलिफोन नै बन्द गरिदिएको छ। सरकारको आदेशमा दिल्लीको केही क्षेत्रमा टेलिफोन सेवा बन्द गरिएको एयरटेलको दाबी छ। एयरटेलले सामाजिक सञ्जाल ट्वीटरमै सूचना सार्वजनिक गरेर यस्तो दाबी गरेको छ।

‘सरकारको निर्देशनको आधारमा भ्वाइस,इन्टरनेट र एसएमएस सेवा हालका लागि बन्द गरिएको छ’ उसको सूचनामा भनिएको छ। सरकारले प्रतिबन्ध आदेश हटाएपछि यी सेवा पुनः सुचारु हुने पनि उसले जनाएको छ। त्यस्तै अर्को मोवाइल कम्पनी भोडाफोनले पनि सरकारकै निर्देशनका कारण सेवा बन्द गरेको उल्लेख गरेको छ। अर्को आदेशपछि हाल बन्द रहेको सेवा सुचारु हुने उसको दाबी छ। 

उत्तर प्रदेशमा धारा १४४ जारी 

Ncell 2
Ncell 2
nimb
nimb

नागरिकता संशोधन कानुनको विरोधमा उत्रिएका उत्तर प्रदेशका प्रदर्शनकारीलाई लक्षित गर्दै  संविधानको धारा १४४ लागू गरिएको छ। राज्य पुलिस महानिर्देशक ओपी सिंहले सामाजिक सञ्जाल ट्वीटरमार्फत १९ डिसेम्बरका दिनमा मानिसहरुलाई भेला हुन पाउने अधिकार नभएको उल्लेख गरेका छन्। ‘१९ डिसेम्बर २०१९ मा पुरै प्रदेशमा धारा १४४ लागू भएको छ कसैलाई कुनैपनि सभा गर्ने छुट छैन’ उनले उक्त सूचनामा उल्लेख गरेका छन्।

त्यस्तै युपि प्रहरीले पनि ट्वीटमार्फत उत्तर प्रदेशमा धारा १४४ लागू भएको जानकारी आफ्ना नागरिकलाई गराएको छ। संविधानको उक्त व्यवस्थाविपरीत कसैलाई पनि उपस्थित भएर सभा समारोह र विरोध र्‍याली ननिकाल्न प्रहरीले चेतावनी दिएको छ। 

ममता बनर्जीदेखि कन्हैया कुमारसम्म विरोधमा 

नागरिकता विधेकयले देश असंवैधानिक बाटोमा जाने भन्दै सर्वप्रथम भारतीय कांग्रेस पार्टीले संसदमा विरोध जनाएको थियो। राहुल गान्धी , पि चिदम्बरम र सोनिया गान्धीले नै यसको कडा विरोध गरेका थिए। कांग्रेसका अर्का सांसद शशी थरुरले मोदीले उग्र हिन्दु राज्य बनाउन संविधानलाई कुल्चिदै गएको टिप्पणी गरेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो विधेकयको विरोधमा अन्य नेताहरु पनि सक्रिय भएका छन्। नागरिकता विधेयकको विरोधमा पश्चिम बंगालकी ममता बनर्जीदेखि युवा सामाजिक कार्यकर्ता कन्हैया कुमारसम्म सडकमा उत्रिएका छन्।  ममता बनर्जीले त पश्चिम बंगालमा राष्ट्रिय जनसंख्या रजिष्टर अपडेट कार्य पनि रोकिदिएकी छन्। सबै जिल्ला अधिकारीहरुलाई निर्देशन दिँदै उनले जनताको हितका लागि यसलाई रोक्नु परेको दाबी गरेकी छन्। उनले आफ्नो प्रदेशमा नागरिकता संशोधन कानुन लागू नगर्ने धम्की समेत केन्द्रीय सरकारलाई दिएकी छन्। 

त्यस्तै युवा नेता कन्हैया कुमारले पनि नागरिकता कानुनको विरोधमा सडक प्रर्दशनमा उत्रेका छन्।  बिहार बेगुसरायका उनले देशमा भइरहेको  नागरिकता विधेयकमा विद्यार्थीमाथि र नागरिकमाथि भएको दमनको जनताले प्रतिवाद गर्ने बताए। संविधान र गरिबीविरोधी नागरिकता कानुन खारेज गर्न माग गरे। 

इतिहासकारदेखि वकिलसम्म 
नागरिकता संशोधन विधेयकको विरोधमा प्रर्दशनमा उत्रेका वरिष्ठ इतिहासकार रामचन्द्र गुहालाई प्रहरीले पक्राउ गरेको छ। त्यस्तै दिल्लीमा प्रर्दशनमा उत्रेका वरिष्ठ अधिवक्ता प्रशान्त भुषण, स्वराज इन्डियाका अध्यक्ष योगेन्द्र यादव , सामाजिक कार्यकर्ता हर्ष मन्दरलगायतलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ।

धर्मवीर गान्धी, युवा विद्यार्थी नेता उमर खालिदलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  मोवाइल फोन कम्पनीहरु एयरटेल भोडाफोन, जियो लगायतलाई सरकराले  दिल्लीको मन्डी हाउस, सीलमपुर,जाफरावाद,मुस्ताफावाद,जामिया नगर,शाहीन वाग , बवना एवं उत्तरी र केन्द्रीय दिल्लीका विशेष इलाकामा मोवाइल फोन सेवा बन्द गर्न निर्देशन गरेको थियो। सोही निर्देशनअनुसार उक्त क्षेत्रमा टेलिफोन सेवा बन्द रहेको छ।

प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  १५:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वसांसद डा. विजय पौडेलको निधन
काङ्ग्रेसको मतगणना २३ ठाउँमा जारी
ओलीको चेतावनी: घेराबन्दी सकिएको छैन, बलजफ्तीको प्रतिवाद गर्छौं
सम्बन्धित सामग्री
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काङ्ग्रेसको मतगणना २३ ठाउँमा जारी सोमबार, असोज २६, २०८३
ओलीको चेतावनी: घेराबन्दी सकिएको छैन, बलजफ्तीको प्रतिवाद गर्छौं सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई सोमबार, असोज २६, २०८३
गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्