काठमाडौं- नागरिकता संशोधन कानुनको विरोधमा आयोजित विरोध प्रदर्शनमा पुगेका इतिहासकार रामचन्द्र गुहालाई प्रहरीले गिरफ्तार गरेको छ।
बिहीबार बैंग्लोरमा आयोजित एक विरोध प्रदर्शनमा सहभागी हुन पुगेका गुहालाई पत्रकारहरुसँग कुरा गरिरहेको बेलामा प्रहरीले गिरफ्तार गरेको हो।
गुहासहित अन्य दर्जनौंलाई प्रहरीले गिरफ्तार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
गिरफ्तारीका बेला उनी गान्धीको पोस्टर लिएर संविधानका बारेमा पत्रकारलाई आफ्ना धारणा राखिरहेका थिए।
भारतीय जनता पार्टीको सरकारले नागरिकता संशोधन कानुन बनाएपछि भारतभर विरोध हुँदै आएको छ। विवादित बनेको यो कानुनमा पाकिस्तान, बंगलादेश तथा अफगानिस्तानबाट आएका गैरकानुनी गैरमुस्लिम आप्रवासीहरूलाई नागरिकता दिने व्यवस्था छ। धार्मिक रुपमा नागरिकता दिइने व्यवस्थाको विरोध भइरहेको हो।
विरोध तीव्र भएपछि भारतका विभिन्न स्थानमा प्रदर्शन गर्न रोक लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।