पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा बुटवल ब्लास्टरविरुद्धको खेलमा चितवन राइनोजका रोहन मुस्तफाले अर्धशतक बनाएका छन्। उनले ४४ बलमा ५० रन बनाएका हुन्। जसमा उनले ६ चौका १ छक्का हाने।
यसअघि कप्तान पारस खड्काले पनि अर्धशतक बनाएका थिए। पारसले ३५ बलमा ५२ रन बनाएका थिए। ४० बलमा ६३ रन बनाउँदा उनी अफ्ताबुद्धिन अहमदको बलमा आउट भए। त्यसअघि उनले ६ चौका र २ छक्का हानेका थिए।
पारस आउट भएपछि आएका बाबर हयातले ५ बलमा १ रन मात्रै बनाए। उनी अफ्ताबुद्धिनकै बलमा बोल्डआउट भएका थिए।
बुटवल ब्लास्टरले टस जितेर फिल्डिङ रोजेपछि चितवनले ब्याटिङ गरिरहेको हो। चितवनले १५ ओभरमा १ सय ४२ बनाइसकेको छ।
बुटवलले यसअघिको खेलमा काठमाडौंलाई सुपर ओभरमा हराएको थियो। यसअघि एक खेल खेलेको चितवनले पोखरालाई ६ विकेटले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।