पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा बुटवल ब्लास्टरविरुद्धको खेलमा चितवन राइनोजका कप्तान पारस खड्काले अर्धशतक बनाएका छन्।
सुरुदेखि लामो सटहरु खेलिरहेका उनले ३५ बलमा ५२ रन बनाएका हुन्।
ओपनिङमा आएका पारससँगै रोहन मुस्तफाले २६ बलमा ३४ रन बनाएर खेलिरहेका छन्।
बुटवल ब्लास्टरले टस जितेर फिल्डिङ रोजेपछि चितवनले ब्याटिङ गरिरहेको हो। चितवनले १० ओभरमा १ सय ५ रन बनाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।