काठमाडौं– राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)ले एकले अर्कोलाई सहयोग गर्ने भएका छन्।
बुधबार नेकपा र राजपाबीच माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनमा प्रदेश २ मा सहकार्य गर्ने सहमति भएको हो।
दुई दलबीच भएको सहमतिअनुसार रिक्त ४ स्थानमध्ये २ मा नेकपाले राजपाका उम्मेदवारलाई सहयोग गर्नेछ भने २ मा राजपाले नेकपा उम्मेदवारलाई सहयोग गर्नेछ।
त्यस्तै दुई पार्टीबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमित छलफल गर्ने र सहकार्य गर्ने सहमतिसमेत भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।