• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सुर्खेतका बाढीपीडितको बह- यस्तालाई नदेख्दो रै'छ सरकारले !

64x64
नेपाल लाइभ आइतबार, चैत ४, २०७४  १०:५८
1140x725

सुर्खेत- बिहानको समय। भेरी नदीबाट आउने चिसो स्याँठबाट बालबच्चालाई बचाउन पुष्पा नेपाली सबैलाई एकै गुजुल्टो पारेर त्रिपालमुनि आगो तपाउँदै थिइन्। चुल्हो र थोरै भाँडावर्तन राखिएको साँघुरो त्रिपालमुनि बसिरहेका उनीसँग नानीहरुले बिहानको खाना मागिरहेका थिए। सात सन्तान हुर्काइरहेकी उनीसँग तत्काल दिने खाना नै थिएन।

एकसरो अनि विभिन्न ठाउँमा च्यातिएको कपडा लगाएका नानीहरुलाई हिजो बेलुका बचेखुचेको सेतो भातसँग सेतो नुन मिसाएर चित्त बुझाउन हम्मेहम्मे थियो उनलाई। चार वर्षअघि कुनै गैरसरकारी संस्थाले दिएको उनी बस्ने त्रिपालको अवस्था जीर्ण अवस्थामा पुगेको छ। उनी लगायत पीडित एकल महिला तथा बाढीपीडितको जीवन त्रिपालको बासमा कष्टकर रुपमा व्यतीत भइरहेको छ।

सुर्खेत पश्चिममा पर्ने पञ्चपुरी नगरपालिका–१० (साबिकको तातोपानी–६ गल्फगाउँ)मा ३० वर्षीया पुष्पा नेपाली जस्तै आधा दर्जन एकल महिला र पाँच दर्जनभन्दा बढी बाढीपीडित परिवार बस्दै आएका छन्। २०७१ साउन २९ गते राति २ बजे भेरी नदीमा आएको बाढीले उनीहरुलाई घरबारविहीन बनाएको थियो। बाढीबाट २९ जनाको मानवीय क्षति समेत भयो।

त्यस्तै, अर्बको धनमाल र लाखौंको गाईबस्तुमा पनि क्षति पुग्यो। बाढीबाट पीडित र अर्धपीडित गरेर ६ सय घरपरिवार विस्थापित भए। उक्त विपत्तिबाट ११ जना विद्यार्थीको पनि ज्यान गएको थियो। बाढीको पीडा भुल्न नपाउँदै २०७२ सालमा पुष्पाका श्रीमान् मन नेपाली कुलोमा काम गर्दैगर्दा माटोको ढिस्कोले च्यापिएर बिते। घरबारविहीन बनेको पुष्पाको परिवारबाट दैवले श्रीमानलाई खोसेर लगेपछि त्यस दिनदेखि उनको जीवनमा दुःखको बाढी सुरु भयो। त्यही सन्दर्भलाई जोडेर उनले दुःख पोख्दै एउटा विरहको गीत सुनाइन्-

बसौं भने घरबार छैन साथमा लोग्ने नाइँ, 
टुहुरा बालबच्चा रुन्छन् खान-लाउन नपाई। 

बालबच्चालाई शिक्षादीक्षा दिलाउनु पुष्पाका लागि धेरै परको कुरा हो, तिनीहरुलाई गाँस र कपास जुटाउन दिनहुँ सकस पर्छ, उनलाई। आफ्नो र बालबच्चाको पेट पाल्न आफ्नै बस्तीमाथि भेरीले बनाएको बगरमा पुगेर गिट्टी कुट्नु उनको दिनचर्या बनेको छ, आजभोलि। 'बाढीले त हामीलाई घरबारविहीन बनाएकै थियो, त्यसमा झनै दैवले मेरो संसार खोसेर लियो। जीवनमा आँसु र पीडाबाहेक केही छैन', भावविह्वल भएर उनले भनिन्। 

'सबैका लोग्ने हुँदा भारतबाट कमाएर ल्याउँछन्। मलाई भने आज खाना कसरी जुटाउने होला भन्ने कुराले निकै पिरोल्छ,' उनी भन्छिन्, 'लोग्ने भइदिएको भए दुःख साटेर संघर्ष गरिन्थ्यो होला, तर के गर्ने पीडामाथि थपिएको पीडाको भारले थिचिएकी छु।'

त्रिपालको ओत लिएर जमीनको बास हुँदा कतै सुतेको बेला बच्चाबच्चालाई सर्पले टोक्ने वा रूख ढलेर मरिने पो हो कि भन्ने डरले सताउने गरेको उनले बताइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

पुष्पा जस्तै ३२ वर्षीय गंगा विकको समस्या पनि फरक छैन। पाँच बच्चाकी आमा गंगाको पति कृष्ण विकको काम सिलसिलामा मृत्यु भयो। आफू बालबच्चाका लागि बाँच्नु परेको प्रतिक्रिया उनले दिइन्। 'हामी गरीबमाथि नै कालको आँखा लाग्दोरहेछ। यस्ता विपत्मा परेकामाथि भने सरकार समेतको नजर पुग्दो रहेनछ', उनले भनिन्। उनले पनि गीतबाटै दुःख पोखिन् 

घरबार बाढीले लैगो श्रीमान् दैवले, 
यस्तालाई नदेख्दो रैछ, राज्य सरकारले। 

बाढीपीडित ३० वर्षीय तुल्सी विकको जीवनकथा झनै कहालीलाग्दो छ। घरबारविहीन भइसकेपछि उनका पति प्रताप विकको उच्च रक्तचापको बिरामीले मृत्यु भयो। पतिवियोग छँदै थियो, कामका क्रममा खुट्टा भाँचिदा उनी सधैंका लागि अपांग भइन्। घरबारविहीन बनेका उनले सहाराविहीन हुँदा जीवनका सारा खुसी सकिएको पीडा व्यक्त गरिन्। दैवप्रति गुनासो गर्दै उनले भनिन्-  

बाढीले बगर पार्‍यो घरबार सबै बगाई, 
रातदिनै रोएर बाँच्नु दैव ऋण के लगाई? 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'च्यातिएको त्रिपालमा बास छ, तीन बालबच्चा छन्, काम गर्ने कोही छैन, दैवले खुसी लुटेको जिन्दगीमा प्राणबाहेक अरू केही छैन', उनले भनिन्। उनी बेलाबेलामा भक्कानिन्छिन् र भन्छिन्, 'को होला हाम्रो पीडा बुझ्ने? पीडा सुनाउने ठाउँ कहाँ होला? कहिलेसम्म पीडैपीडाको जीवन बिताउने होला?' 

'म रहिनँ भने यी नानीहरु कहाँ जालान् के खालान् भन्ने लाग्छ, यिनैका लागि भए पनि बाँच्ने प्रयत्न गरिरहेकी छु', उनले बताइन्। 

बाढीपीडित पुष्पा, गंगा र तुल्सी मात्र प्रतिनिधि पात्र हुन्। बाढीका कारण पञ्चपुरी नगरपालिका सुर्खेतका विभिन्न वनजंगल र खोँचमा विस्थापित जीवन जिउन बाध्य नागरिकलाई राज्य सरकार छ जस्तो लागेको छैन। चार वर्षसम्म विस्थापित बाढीपीडितको समस्या कुनै सरकारले नबुझेको उनीहरुको गुनासो छ। प्राकृतिक विपत्तिले घरबारविहीन बनाएको घटना घाम जस्तै छर्लंग हुँदा पनि सरकार बेखबर रहेको पञ्चपुरी नगरपालिकास्थित जनसृजना माविका प्रधानाध्यापक हरि ढकालको आरोप छ। ढकालका अनुसार सरकारले बाढीपीडितलाई यो देशको नागरिक हुँ भन्ने प्रत्याभूति दिलाउन केन्द्र, प्रदेशभन्दा पनि स्थानीय सरकारले पहिलो कदम चाल्नुपर्छ। 

यता, प्रदेश सरकारको आन्तरिक मामिला तथा योजनामन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले यही फागुन २६ गते बाढीपीडित बस्तीको वास्तविकता बुझेर फर्केको छ। उनीहरुको समस्या समाधानका लागि प्रदेश सरकारले प्याकेजको कार्यक्रम बनाउनाका साथै केन्द्र र स्थानीय सरकारको पुलको काम गर्ने मन्त्री भण्डारीले बताए। बाढीपीडितको पुनर्वासको व्यवस्था कतैबाट नहुँदा तीन वर्षदेखि उनीहरुको असुरक्षित त्रिपालको बास कायमै रहेको छ जहाँका नागरिकले नेपालको संविधानको भाग ३ मा व्यवस्था गरिएको मौलिक हकको कुनै प्रत्याभूति गर्न पाएका छैनन्। 

– शूरबहादुर सिंह, रासस

प्रकाशित मिति: आइतबार, चैत ४, २०७४  १०:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्