काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका स्थायी सदस्य जनार्दन शर्मा प्रभाकरले स्थायी कमिटी बैठकमा सरकार सञ्चालन र पार्टी गुटमाथि खरो टिप्पणी गरेका छन्। सरकार सञ्चालनमा 'पुच्छरले कुकुर हल्लाएको' संज्ञा दिएका छन् भने गुट र स्वार्थ हावी भएको बताएका छन्।
उनले सरकारमाथि लामो टिप्पणी गर्दै सरकारको रणनीति र कार्यनीति बीच तालमेल नभएको बताएका छन्। रणनैतिक महत्वका योजनाको काम र कुरा भइरहेको अवस्थामा जनता दैनिक जीवनका अप्ठ्यारामा ध्यान दिन नसकेको बताइएको छ।
सरकार कर्मचारीतन्त्रको पिछलग्गु भएको पनि उनको टिप्पणी छ । उनले भने, 'कर्मचारीतन्त्रले कम्युनिष्ट सरकार र मन्त्रीहरु सञ्चालन गर्ने अवस्था पुच्छरले कुकुर हल्लाय जस्तो हुन पुगेको छI' जनताले कम्युनिष्ट सरकारबाट पुरानो निरन्तरता नभइ नयाँ सुरुवात खोजेको बताउँदै उनले सुशासनका विषयमा समेत व्यंग्य गरेका छन्। 'पारदर्शिता र सुशासनमा सरकारले जोड दिइरहेको छ । त्यसको प्रशंसा गर्नु पर्दछ I तर मन्त्रालयमै लेखापालले प्रतिशत बुझाइरहेको कुरा पनि गम्भीर छI'
पार्टीमा निकटता, गुट स्वार्थमा केन्द्रित र पद प्राप्तिका लागि रक्षा कवजका रुपमा समिति बनाउने पद्दति रहेको भन्दै विरोध गरे । उनले उदाहरण दिए, 'पार्टी सदस्य नभएको मान्छे जिल्ला सदस्य हुनु, कम्युनिष्ट पार्टीको सामान्य नीति पद्दति नबुझेको मान्छे नीति निर्माणमा आइपुग्नु, गुट स्वार्थका लागि गलत गर्नेको समर्थन र संरक्षण गर्नु, नेतृत्वलाइ रिस उठ्यो भने कुनै आरोप लगाएर कार्यकर्तामा बद्नाम गर्नु, बिरोधि गुटलाइ सिध्याउनु जस्ता गलत प्रवृत्ति मौलाएका छन्।'
शर्माले स्थायी कमिटीमा प्रस्तुत गरेका आफ्ना धारणा यसप्रकार छन्:
सरकार सञ्चालन बारे
- सरकार पार्टीको उद्देश्य पूरा गर्ने अर्को महत्व हतियार हो I वर्तमान सरकारले विकास निर्मण पूर्वाधार लगायतका क्षेत्रमा गरेका कामहरु प्रशंसनीय छन् I त्यसप्रति कुनै गुनासो र आलोचना छैन I तर कम्युनिष्ट पार्टीको सरकारले जनअपेक्षा अनुसार काम गरेर जनताका प्रश्नलाई सकारात्मक रुपले उत्तर दिन सक्नुपर्छ I त्यो पनि जादुगरी तरिकाले सम्भव हुदैन I विश्वास योग्य नमुना कामहरु मार्फत I पहिलो कुरा त सरकार पुरानो निरन्तरता को नभइ पोलिसी सिफ्ट गरी नयाँ शैलीमा जनताले देखिने ब्यवस्थित योजना सहित कार्यान्वयनमा जानुपर्छI
- योजना निर्माण गर्दा सरकार एक्लैले वा जनप्रतिनिधि एक्लैले मात्र नभई जनताको सहभागिता र पार्टीको नेतृत्वमा हुन जरुरी छI
- संघियता, समावेशी र समानुपातिक पद्धतिलाई सरकारमा रहेकाहरुले आत्मसाथ गर्न जरुरी छI
- वित्तीय संघियता कार्यान्वयनका लागि बित्तिय सन्तुलन समेत कायम गर्ने स्प्रिट हुनु पर्छ I पछि परेको वर्ग समुदाय तथा प्रदेशलाई माथि उठाउने कुरामा सरकार लागि पर्नु पर्छI
- सरकार र मन्त्रीहरुको मुलायांकन सरकार कै मान्छेले दिएका नम्बरका आधारमा नभई मन्त्रीहरुको कामको परिणामका आधारमा जनताको बुझाईमा आधरित भई पार्टीले गर्नु पर्दछI
- दुईओटा पार्टीको एकताको प्रयास गरी रहँदा मैले नेताहरुलाई राजनीतिक स्थायीत्व र हाम्रो उद्देश्य मुख्य कुरा हो भनेको थिए I आज दुइ तिहाई बहुमत त भयो उक्त्त राजनैतिक स्थायीत्वलाई नेता हरु आफैले दिन दिनै मंत्री हटाउने कुरा गरेर अस्थिर बनाई राखे यो बेठिक भएको छ I
- सरकारको रणनीति र कार्यनीति बीच तालमेल भएन I रणनैतिक महत्वका योजनाको काम र कुरा भैरहदा जनता तत्कालिन अवश्यकता साझ बिहानको प्रश्न प्रति ध्यान पुगेन I
- जनताले कम्युनिष्ट सरकार बाट नयाँ शुरुवात खोजेका हुन् पुरानो निरन्तरता होइन I पुरानो कर्मचारीतन्त्र नयाँ अवश्यकतामा संचालन गर्नु को सट्टा कर्मचारीतन्त्रले कम्युनिष्ट सरकार र मन्त्रीहरु संचालन गर्ने अवस्था पुच्छरले कुकुर हल्लाय जस्तो हुन पुगेको छ I
- पारदर्शिता र सुशासनमा सरकारले जोर दिई रहेको छ तर त्यसको प्रशंसा गर्नु पर्दछ I तर मन्त्रालयमै लेखापालले प्रतिशत बुजाइरहेको कुरा पनि गम्भीर छ I
- सरकारी ठुला भवनहरु बनि राखेका छन् त्यो राम्रो कुरा हो I त्यसको साथमा सुकुम्बासीहरुका लागि पनि अपार्टमेन्टको जग हालेको जनताले हेर्न चाहेका हुन् I
- ठेकेदारहरुले काम नगरिरहेको, समयमै काम नगरेको, गुणस्तरीय नभएको कुरा हिजै देखिको निरन्तरता हो I तर आज हाम्रो आवश्यकता त्यसको बिकल्पमा सरकारले आफ्नै संरचना निर्माण गरी लाखौ लाख जनतालाइ श्रम सहकारीमा संगठित गरी (उपभोक्ता समिति होइन) पूर्वाधार निर्माणमा एकाकार गरी नयाँ विकल्प तयार पर्नु पर्छ I
- बिषादीयुक्त तरकारी आयो भनेर कोकोहोलो मच्चाउने भन्दा "हरेक गाउँ आत्मनिर्भर बनाउँ" भन्ने नारा दिएर किसानलाई बिषादी मुक्त तरकारी उत्पादनका लागि सरकारले लगानी गर्नु पर्दछ I यो ६ महिनामा परिणाम देखिने कुरा हो I
- आर्थिक आत्मनिर्भर हुन्छौ भनेर भाषण गर्दै गर्दा कृषि र बनमा आधारित साना उद्योगहरु स्थापना गर्न सरकारले लगानी गर्न पर्दछ I त्यसको आधारमा मझौला उद्योगहरु साझेदारीमा चलाउन शुरु गर्न सकिन्छ I
- निजि कलेज र बिध्यालयहरुले महंगो शुल्क लिन्छ भनेर सरकार लडाईमा मात्र उत्रिनु भन्दा सार्वजनिक शिक्षा गुणस्तरीय तथा प्रविधियुक्त बनाई त्यसमा बिध्यार्थी र अभिवाबक रमाउने बनाउन कार्य शुरु गर्नु पर्छ I
- गरिब जनताले उपचार नपाईरहेको सन्धर्वमा जुन सुकै रोगको पनि निशुल्क उपचार हुन्छ भन्ने घोषणा सहित सातै प्रदेशमा उपकरण सहितका अस्पताल संचालन गरि उपचार शुरु हुनु पर्छ I
- स्मार्ट शहरको कुरा गरी रहदा कर्णाली र २ न. प्रदेशका गरिब जनताका आवासहरु बन्ने प्रक्रिया शुरु भएको हुनु पर्छ I
- उर्जाको सम्भावनाको चर्चा गरि रहदा उर्जा उत्पादकहरुलाई थप सहुलियत दिएर प्रोत्साहन गरेको हुनु पर्छ I
- ब्यापार ब्यबसायको क्षेत्रमा कम्युनिष्ट सरकारले निराशा होइन उत्साह जगाएको हुनु पर्छ I
- सरकारले व्यवस्थितरुपमा योजना बनाउने हो भने ३ देखिन ६ महिना भित्र १५ लाखलाई सजिलै रोजगार बनाउन सम्भव छ I यतातिर सरकारको ध्यान केन्द्रित गर्दै हरेक प्रदेशमा शिक्षा, स्वास्थ्य, उत्पादन, रोजगार, आत्मनिर्भरता र ब्यबस्थित बसोबासका दृष्टिले नमुना पालिकहरु/गाउँहरु बनाउन सकिन्छ र बनाउनु पर्दछ I सोही कुराले जनतालाई वास्तविक प्रशिक्षण गर्छ र सरकार प्रति जनताको अपनत्व कायम हुन्छ I यी केवल भनाइकालागि मात्र नभई सम्भव कुराहरु पनि हुन् I
पार्टीबारे
- राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिको विश्लेषणको आधारमा नव-उदारवादको संयन्त्र भित्र उदाएको वित्तीय एकाधिकार पुँजीवाद बाट राष्ट्रलाइ बचाउन कम्युनिष्ट पार्टी र दुइ तिहाइको सरकारले राष्ट्रिय पुंजीको विकास गर्दै राष्ट्रलाई आत्मनिर्भर बनाउने, राष्ट्रियतालाई बलियो बनाउने उदेश्यमा केन्द्रित भई पार्टी र सरकारका काम र ब्यबहार गर्न आवश्यक छ I
- हाम्रो लक्ष्य अब पुँजीवादी क्रान्ति नभई समाजवाद निर्माण भएकोले नयाँ परिस्तिथि नयाँ सिदान्त, रणनीति र सोही अनुरुपको कार्यनीति निर्माणको लागि प्रयाप्त छलफल र बहस मुख्य कार्यसूची बन्नु पर्छ I
- आजको आवश्यकताको स्थरमा न हामि बैचारिक बिकासको छेत्रमा लागेका छौ न त समाजवादमा पुग्ने उदेश्यमा केन्द्रित भइ कति बेला कहाँ पुग्ने र कसरि पुग्ने त्यसको लागि आवश्यक तयारि के गर्ने योजना नै बनाएका छौ I
- समाजवादमा पुग्न र राजनैतिक, आर्थिक र संस्कृतिक छेत्रमा संघर्ष गर्दै अगाडी बढ्ने नयाँ पंक्तिमा माक्सवादी बिचार र ददृष्टिकोण निर्माणका लागि स्कुलिंग गर्न आवश्यक छ भने अर्को तिर विचार निर्माणका लागि नेतृत्व तहमा बहस सहित को मेहनत जरुरि छI
- पार्टीमा आज बिध्यमान गुट र अराजकता विकेन्द्रित मनोविज्ञान रहेको छ त्यसलाइ सच्याउन पर्दछ I मुख्य कुरा लेनिनवादी संगठनात्मक सिधान्त विधि र पद्दतिमा आधारित भई आजको अवश्यकतामा विधिको थप बिकास आवश्यक छ I गुटबन्दीको अन्त्य गर्ने हो भने जनवाद र जनवादमा आधरित केंद्रियता, कमिटी प्रणालीलाइ स्थापित गर्दै, नीति निर्माण र निर्णयहरुमा सबैको स्वामित्व स्थापित गर्न आवश्यक छ I अर्को कुरा काममा इमान्दारिता आन्दोलनमा योगदान र आजको आवश्यकता पूर्ति गर्न सक्ने क्षमताको सहि मूल्यांकन गर्न सक्नु पर्दछ I
- हाम्रो संस्कार र मनोविज्ञान यथार्थ मूल्यांकन भन्दा पनि निकटता , गुट स्वार्थमा केन्द्रित र पद प्राप्तिका लागि रक्षा कवजका रुपमा कमिटि बनाउने पद्दति रहेको छ I पार्टी सदस्य नभएकै मान्छे DCM हुनु , कम्युनिष्ट पार्टीको सामन्य नीति पद्दति नबुझेकै मान्छे नीति निर्माणमा आईपुग्नु , गुट स्वार्थ बस गलत गर्नेको समर्थन र संरक्षण गर्नु , नेतृत्वलाइ रिस उठ्यो भने कुनै आरोप लगाएर कार्यकर्तामा बद्नाम गर्नु, बिरोधि गुटलाइ जो जसले सक्यो त्यसैले समाप्त पार्ने गरी, वर्ग बैरीलाइ जस्तै व्यवहार गर्नु जस्ता क्रियाकलाप नेतृत्व तह बाटै अन्त्य गरी कम्युनिष्ट संस्कृतिको संदेश दिन सक्नु पर्दछ I
- पार्टीमा मूल्यांकन गर्दा पदको आधारमा होइन बहन गरेको जिम्मेवारीको आधारमा, कम्युनिष्ट आन्दोलनमा योगदान गरेको आधारमा, नैतिक आचरण र संस्कृतिक चेतनाको आधारमा गरिनु पर्दछ, मूल्यांकन पारदर्शी हुनु पर्छ, मूल्यांकन विधि बनाई कार्यकर्ताले नम्बर दिने व्यवस्था गर्नु पर्दछ, कम्तिमा सबै केन्द्रीय सदस्यले आम जिम्मेवारी का साथै एक एक गाउको जिम्मेवारी लिई उक्त गाउ/टोल लाइ समाजवाद उन्मुख बनाउने कार्यको नेतृत्व गर्नु पर्छ र सोको आधारमा मूल्यांकन हुनु पर्दछ I
- प्रदेश पार्टी संचालनका लागि केन्द्र बाट खटिएका प्रतिनिधिहरु अथितिको रुपमा नभई नीति योजना निर्माण त्यसको कार्यन्वयन सहित समग्र नेतृत्व गर्ने अर्थमा खटिनु पर्दछ I प्रदेशमा आज एकरुपता छैन , केन्द्रीय सदस्यहरु प्रदेशका सबै बैठकहरुमा छलफल र निर्णयमा सहभागी हुनु आवश्यक छ , अन्यथा केन्द्र र प्रदेशका अलग-अलग पार्टी जस्तो हुन पुग्छ I
राजनीतिक प्रतिवेदन बारे
१) राजनीतिक प्रतिवेदन अन्तराष्ट्रिय र राष्ट्रिय परिस्थितिको विश्लेषण सहित पार्टीको सुद्रीढिकरण लागि सैधान्तिक नीतिगत र संगठनात्मक विधि र पद्दतिको महत्वलाइ संछिप्तमा प्रस्तुत गरेको छ I
२) पार्टी एकतामा ढिलाई, सरकारको काम र उपनिर्वाचनको समिक्षामा आत्माआलोचित हुदै र नेतृत्वले जिम्मेवारी लिने कुरा स्पष्ट गरेको छ I यो महत्वपूर्ण कुरा हो I
३) पार्टीको आगामी कामको रुपरेखा समेत तय गरेको छ तसर्थ बैठक नबसिरहेको अवस्था नेता कार्यकर्तामा अन्योलता र आशंखा उत्पन्न भईरहेको परिस्तिथि, गुटबन्दी र अराजकता आर्थिक सांस्कृतिक क्षेत्रमा देखिएका विचलनहरु मात्र प्रचार भईरहेको र जनमनोविज्ञानमा कम्युनिष्ट पार्टी प्रति प्रश्न उठिरहेको संधर्वमा यस प्रतिवेदनको प्रस्तुति पछि बैचारिक बहस , विधि र पद्दति सहितको संघठंतामक सुद्रीढिकरण प्रकिया शुरु गर्ने, अराजकता , भ्रस्टाचार अनैतिकता बिरुद्धको संघर्ष राष्टियताको सुद्रीढिकरण लागि पहल गर्न सकिन्छ भन्ने आशाको दियो देखएको छ I तसर्थ म यसको समर्थन गर्दछु I साथै केहि बिषयहरु सहित आफ्ना सुझावहरु राख्द छु I
संघियता कार्यान्बयन बारे
- ठुलो त्याग र बलिदान पछि हामीले संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यौ I आज पनि घाइते अपाङ्ग सहिद बेपत्ता परिवारको ठुलो बिचल्ली छ र तिनै तहमा कम्युनिष्ट पार्टीको सरकार छ I
- तिनै तहका सरकार आपसी सहकार्य, समंवय तिर होइन प्रतिस्पर्धी जस्ता बनेका छन् I संघले प्रदेश र स्थानियको अधिकार आफै मुठ्याउन चाहन्छ I प्रदेश निरिह छ I प्रदेशले पालिका मार्फत आफ्नो बजेट र योजना लागु गर्न मान्दैन I पालिकहरुले जनतामा अनावश्यक दबाब र कर लादेका छन् I जनताको सेवाका लागि भनेको जनताले शाशक ठानेका छन् I
- समाधानको उपाए सजिलो छ I तिनै तहलाई रणनैतिक र तत्कालिन योजनाले जोडेर आआफ्नो जिम्मा पुरा गरेमा समग्र उदेश्य हासिल हुनेछ I
- स्थानीय सरकार संचालनको लागि येही बैठकले ५ देखिन ७ सदस्यीयको संयन्त्र बनाउने निर्णय गरेर सरकार संचालन निर्देशक समिति मार्फत सरकार चलाउने व्यवस्था गर्नु पर्दछ I जस बाट पार्टी र सरकारलाई एकीकृत गरी जनतालाई साथमा लिन सकिन्छ I
- उदाहरणका लागि प्रस्तुत गरिएका उपरोक्त कार्यहरुबाट सरकार मात्र सफल हुने होइन आत्मनिर्भर हुनका लागि उत्पादन शक्तिको विकास भइ उत्पादनको साधन उपर सामुहिक स्वामित्व समेत स्थापित हुदै जानेछ I जसले गर्दा समाजवादको आधार तयार हुनेछ I
- एकाधिकार वित्तीय पुँजीवाद जसले नाफालाई निजि बनाउछ, घाटालाई राष्ट्रियकरण गर्छ, जोखिमलाई सामाजिकीकरण गर्छ र यसको बिकल्पमा कम्युनिष्ट पार्टीको सरकारले देश आत्मनिर्भर बनाउने गरी राष्टिय पुंजीको विकास गर्न आफ्ना श्रोत साधन, युवा श्रम र विकेन्द्रित पुजीलाइ केन्द्रित गरी आर्थिक विकासको अभियान संचालन गर्नु पर्छ I
राष्ट्रियताको सन्दर्भमा
- इन्डोपेसिफिक रणनीतिबारे कमरेडहरूले भने जस्तै पुन अमिरिकी सरकार संग बार्ता गरी एमसीसी कार्यक्रम इन्डोपेसिफिक रणनीतिबाट फरक भएको पुष्टि गरेर मात्रै काम अगाडी बढाउन पर्दछ I हामीलाई लगानी आवश्यक छ सैन्य गठबन्धन होइन I
- कालापानी लगायतका अन्य छेत्रमा सिमाना मिचिएको सन्धर्वमा नेपाली जनताको एकताबद्द तागत सहित कुटनैतिक माध्यम मार्फत समाधान तिर अगाडी बढ्नु पर्दछ I
- सचिवालयको काम कारवाहीलाइ थप प्रभावकारी बनाउन यसको पुनरगठन आवश्यक छ I
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।