काठमाडौं- माओवादी केन्द्र र नेपाली कांग्रेस दुवैले उम्मेदवारी दिएपछि राष्ट्रियसभाको उपाध्यक्षमा आज निर्वाचन हुँदैछ।
संघीय संसद् सचिवालयका अनुसार उपाध्यक्ष पदमा माओवादी केन्द्रका शशिकला दाहाल र नेपाली कांग्रेसका वृन्दादेवी आले (राना) को उम्मेदवारी परेको छ।
निर्वाचनमा अध्यक्षबाहेक ५८ जनाले मतदानमा भाग लिनेछन्। उपाध्यक्षका उम्मेदवार दाहाल महोत्तरीकी हुन् भने आले कास्कीकी हुन्।
संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभालाई प्रबुद्ध समूहको थलोका रुपमा हेर्ने गरिन्छ। राष्ट्रियसभामा वाम गठबन्धन आबद्ध दल एमाले–माओवादी केन्द्रको स्पष्ट बहुमत भएकाले दाहाल विजयी हुने निश्चित जस्तै छ।
राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार गणेशप्रसाद तिमिल्सिना निर्वाचित भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।