विदुर– बजार प्रवद्र्धन गरेपछि साझा प्रकाशन, नुवाकोट शाखाले गत वर्षको भन्दा २० लाख रुपैयाँ बढी मूल्यका पुस्तक बिक्री गरेको छ।
सो शाखाले स्थानीय तह, सामुदायिक र निजी विद्यालय तथा पुस्तकालयमा बजार प्रवद्र्धन गरेपछि बिक्री बढाएको हो। सो शाखाका प्रमुख कृष्ण न्यौपानेका अनुसार चालू आर्थिक वर्षमा हालसम्म करिब ६० लाख रुपैयाँ बराबरको पुस्तक बिक्री भएकोे छ। सो शाखामा गत वर्षको यही अवधिमा करिव ४० लाख रुपैयाँको पुस्तक बिक्री भएको थियो।
सो प्रकाशनबाट प्रकाशित मदनमणि दीक्षितको ‘माधवी’, कृष्ण धराबासीको ‘राधा’, बिपी कोइरालाका उपन्यास, बालकृष्ण समको ‘माटोको माया’, विजय मल्लको ‘कोही किन बर्बाद होस्’ र पाठ्यक्रमसँग सम्बन्धित पुस्तक बढी बिक्री हुने गरेको पाइएको छ।
कर्मचारीले प्रभावकारी काम नगर्दा र बजारले मागे जति पुस्तक नहुँदा साझा प्रकाशनका कतिपय जिल्लामा शाखा बन्द भए पनि नुवाकोटका कर्मचारीले बजार प्रवद्र्धन गरी बिक्री बढाएको सो संस्थाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले बताए।
शर्माले पछिल्ला समयमा साझाको प्रेस चालू गरी महत्वपूर्ण कृतिको आकर्षक कागजमा पुनःमुद्रण गरी शाखामा पठाएको जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।