विराटनगर– इलामको रोङ गाउँपालिका–४ कालिङटारका १८ वर्षीय फुर्वा तामाङको भिरबाट लडेर मृत्यु भएको छ।
घाँस काट्न घरबाट निस्केका तामाङ शनिबार बेलुकासम्म नफर्केपछि खोजी गर्ने क्रममा उनको शव मृत अवस्थामा आफन्तले फेला पारेका हुन्। प्रहरी चौकी किटेनीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
यसैगरी, झापाको अर्जुनधारा नगरपालिका–११ त्रिवेणी चोकका ३२ वर्षीय ललित चौधरीको शव शनिबार राति मृत अवस्थामा फेला परेको छ।
सार्की खोलाको कल्भर्टमा डुबेको अवस्थामा उनको शव भेटिएको हो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।