काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
बुधबार सार्वजनिक गरिएको कार्यतालिका अनुसार पुस २० गतेका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता गरिने छ। उम्मेदवारले चाहेमा २४ गते नाम फिर्ता लिन सक्नेछन्।
पुस १७ गते मतदाता नामावली प्रकाशन गरिने छ।
२५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ।
यसअघि नै माघ ९ गते राष्ट्रियसभाको निर्वाचन हुने सार्वजनिक भइसकेको छ।
५९ सदस्यीय राष्ट्रियसभाको एक तिहाइ सदस्यको पहिलो कार्यकाल दुई वर्षको मात्रै हुने संवैधानिक प्रावधान छ। जसअनुसार १९ जनाको पदावधि समाप्त हुँदैछ। एक जनालाई राष्ट्रपतिले मनोनित गर्ने भए पनि १८ जनाका लागि निर्वाचन हुँदैछ।
राष्ट्रियसभामा प्रदेशसभाका सदस्यहरु तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउने छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।