काठमाण्डौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभा सदस्य, नेपाली कांग्रेसका महासमिति सदस्य एवं पूर्व क्षेत्रीय सभापति रामेश्वरप्रसाद ढुङ्गेलको निधनप्रति दुःख व्यक्त गरेका छन्।
कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा सभापति देउवाले स्वर्गीय ढुङ्गेलले पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्याएको सक्रिय भूमिकाको स्मरण गर्दै उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन्।
सभापति देउवाले उनको आत्माको चीरशान्तिको कामना गर्दै सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति पनि समवेदना प्रकट गरेका छन्। ढुङ्गेलको उपचारका क्रममा मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको थियो।
उनले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा तथा पार्टीको सङ्गठनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
स्व ढुङ्गेल संविधानसभा सदस्य निर्वाचन २०७० मा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ बाट विजयी भएका थिए। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।