काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य बेदुराम भुसालले तल्ला कमिटीमा पनि उपाध्यक्ष थप्न माग गरेका छन्।
'यदि केन्द्रमा उपाध्यक्ष राख्ने हो भने तल्ला कमिटीमा पनि राख्नुपर्दछ', आफ्नो चार पृष्ठको लिखित प्रस्तावमा भुसालले भनेका छन्।
उनले विभिन्न १४ बुँदामा आफ्नो प्रस्ताव र टिप्पणी उल्लेख गरेका छन्।
भुसालले पुस महिनाभित्रै केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन्।
त्यस्तै, सरकारको समीक्षाका लागि बेग्लै बोलाइने भनेको स्थायी कमिटी बैठकबारे पनि भुसालको जिज्ञासा छ।
'२०७५ असार २१ को दोस्रो बैठकबाट स्थायी कमिटीको अलग्गै बैठक बसेर सरकारको कामको विस्तृत समीक्षा गर्ने भन्ने निर्णय गरिएको थियो', भुसालले सोधेका छन्, 'त्यो निर्णय कहिले लागू हुन्छ? जवाफ पाउँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।