काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी समिति बैठकमा सचिवालय सदस्य संख्या बढाउन लिखित प्रस्ताव परेको छ।
स्थायी समिति सदस्यहरु अष्टलक्ष्मी शाक्य र पम्फा भुसालले सचिवालयमा २ महिला थपेर १५ सदस्यीय बनाउन माग गर्दै संयुक्त प्रस्ताव राखेका हुन्।
उनीहरुले केन्द्रदेखि तल्ला तहसम्म उपाध्यक्ष पद राख्न र त्यसमध्ये एक महिला हुनुपर्ने व्यवस्था गर्न माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।