काठमाडौं– कांग्रेसमा दुई पक्षको विवाद अझै गहिरिने संकेत देखिएको छ। प्याकेजमा सहमति गर्नुपर्ने बताइरहेका रामचन्द्र पौडेल पक्षलाई सभापति शेरबहादुर देउवाले बेवास्ता गरेर अघि बढ्ने संकेत देखिएको छ।
देउवा पक्षले भातृ संस्थाको नेतृत्व नदिने भएपछि पौडेल पक्षले बेग्लै भेला गरेर रणनीति तय गर्ने भएको छ। यसैक्रममा पौडेल पक्षले तरुण दल र नेविसंघमा रहेका आफू निकट सदस्यहरुको भेला बोलाएको हो।
तरुण दलका आफू निकट सदस्यहरुको भेला शशांक कोइराला निवासमा दिउँसो २ बजे बोलाइएको छ। त्यस्तै, नेविसंघका सदस्यहरुको भेला मध्य बानेश्वरमा दिउँसो ३ बजे बस्दैछ।
‘तरुण र विद्यार्थीमध्ये एकको तदर्थ समितिको नेतृत्व नदिए समानान्तर कार्य समिति गठन गर्छौं,’ अवधि सकिएको तरुण दलका महासचिव भूपेन्द्र जङ्ग शाहीले प्रतिक्रिया दिए।
त्यस्तै, पौडेलनिकट रहेका नेविसंघका पूर्व कोषाध्यक्ष शिव रिमालले पौडेल पक्षका विद्यार्थी नेतृत्वलाई सम्मानजनक स्थान नदिए आफूहरु तदर्थ समितिमा नबस्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।