काठमाडौं- उपनिर्वाचनमा कास्की २ बाट निर्वाचित सांसद विद्या भट्टराईले आज सपथ ग्रहण गरेकी छिन्। उपसभामुख शिवमाया तुम्वाहाम्फेले सिंहबारस्थित संसद सचिवालयको कृषि समितिको हलमा उनलाई १ बजे सपथ ग्रहण गराएकी हुन्।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी, महासचिव मनोहर भट्टराई लगायतको उपस्थितिमा उनलाई सपथ ग्रहण गराइएको हो।
सांसदलाई सभामुखले सपथ गराउनुपर्ने भए पनि सभामुख नभएकाले उपसभामुखले सपथ ग्रहण गराएकी हुन्।
सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता उपसभामुखले गर्ने उल्लेख संविधानको व्यवस्थाअनुसार उपसभामुख तुम्वाहाम्फेमार्फत सपथ ग्रहण गराइएको संसद सचिवालयले जनाएको छ।

सपथ ग्रहणका क्रममा सांसद भट्टराईले निर्वाचनका बेला जनतासँग गरेका वाचा पूरा गर्ने बताइन्। उनले भनिन्, 'रविन्द्रले छोडेर गएका अधुरा काम पनि पूरा गर्ने प्रण गर्दछु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।