• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

२०१७ साल पुस १ : कुहिरो लागेको त्यो दिन राजा महेन्द्रले कसरी गरेका थिए 'कु'?

64x64
नेपाल लाइभ मंगलबार, पुस १, २०७६  ११:२२
1140x725

५६ वर्ष अघि मुलुकको पहिलो निर्वाचित सरकार र संसद माथि ‘कु’ गरेर राजा मेहन्द्रले सैन्यबलमा शाही निरंकुशता सुरु गरे। प्रजातन्त्रवादीहरु त्यसैले पुष १ लाई कालो दिनका रुपमा चिन्छन्।

त्यो दिनले देशमै पहिलो पटक स्थापित प्रजातान्त्रिक शासन व्यवस्थाको अन्त्य मात्र गरेन बरु मुलुकमा कायम रहँदै आएको शाहवंशीय राजतन्त्र अन्त्यको मार्ग चित्र बनाउने आधार समेत स्थापित गरिदियो।

धेरै मानिसहरु आजसम्म पनि भन्ने गर्छन् बीपी र राजा महेन्द्र मिलेर त्यो बेला प्रजातान्त्रिक शासन व्यवस्था चल्न पाएको भए देश धेरै अघि जाने थियो।

कसरी आएको थियो पुस १?
२०१५ सालका सांसद श्रीभद्र शर्माले त्यो दिनको स्मरण गर्दै ‘बीपीसँगका केही स्मरण’ नामक आफ्नो पुस्तकमा लेखेका छन्, ‘घाम एकदमै प्यारो लाग्ने याममा आकाश जब बादलले डम्म ढाकिन पुग्छ र वातावरण पूरै रुदिलो र बुदिलो वन्छ, त्यस्तो दिनलाई संस्कृत भाषामा दुर्दिन भनिन्छ।

रातिदेखि बुँदाबुँदी पानी परेको र आकाश पूरै कालो बादलले डम्म ढाकिएको । चिसो बतासले मुटु कमाउने र कुहिरोले गर्दा दृष्टि परसम्म फैलिन नपाउने दुर्दिन थियो पुष १ गते।

बिहानैदेखि काठमाडौंका सडक गल्ली र चोक चोकमा सेनाका बख्तर बन्द गाडीहरु ओहरदोहर गर्न थाले। त्यो दृष्यले सम्भावित दुर्घटनाको संकेत गरिरहेको थियो । राजाले आज भोलीमा ‘कु’ गर्छन् भन्ने हल्ला धेरै दिनदेखि चलेको थियो।’

खासमा राजा महेन्द्र बीपीलाई सत्ताबाट हटाएर उनको स्थानमा कांग्रेसकै अर्का नेता सुवर्णशमशेर राणालाई प्रधानमन्त्री बनाउन चाहन्थे । त्यसका लागि राजाले बीपीमाथि अनेकौ उपायमार्फत् दबाब दिए।

कुनै उपाय नचलेपछि राजाले निर्वाचित सरकारलाई हटाउँछन् भन्ने हल्ला फिँजाउन लगाए। यो काममा उनले बीपीका दाहिने मानिएका कांग्रेस महामन्त्री डा.तुलसी गिरी र अंगरक्षक जर्नेल शेरबहादुर मल्ललाई उपयोग गरे।

nimb
nimb
Ncell 2
Ncell 2

राजाले आफूलाई हटाए पनि प्रजातन्त्र माथि कु गर्छन् भन्ने विश्वास बीपीलाई थिएन। पुष १ भन्दा दिन अघि प्रमुख प्रतिपक्षी दलका नेता भरतशमशेर राणा बीपीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास त्रिपुरेश्वर (दशरथ रंगाशालाको नजिक हाल भन्सार विभाग रहेको १ नं गेष्ट हाउस) गएका थिए।

उनले त्यही मुलुकको अवस्था ठीक नभएको र राजाले जुनसुकै बेला प्रधानमन्त्रीलाई जेल हाल्ने पक्का भैसक्यो भन्दै देश छाडेर भागौं भन्ने प्रस्ताव राखे । राणालाई सम्झाउँदै बीपीले भनेका थिए ‘प्रधानमन्त्री र विपक्षी दलको नेता भाग्न हुँदैन। जे पर्छ हामीले बेहोर्नु पर्छ’।

कु भएकै दिन बिहान आफ्नो सरकारी निवासमा पुगेका पत्रकार मदनमणि दीक्षितसँग बीपीले राणासँग अघिल्लो दिन भएको वार्तालाप सुनाउँदै भने  ‘राजाले मलाई रुचाउँदैनन् भने म प्रधानमन्त्री पद त्याग्न तयार छु। सुवर्ण शमशेरलाई देशको प्रधानमन्त्री बनाउने उहाँको इच्छा हो भने म विरोध गर्दिनँ।’

राजधानीमा चिसो बढ्दै जाँदा राजनीतिक तापक्रम भने उच्च विन्दुतर्फ उन्मुख थियो। कुन बेला के हुने हो थाहा छैन। विपक्षी दलका नेता भरतशमशेर २०१७ मंसिरको अन्तिम दिन राति सुत्नै सकेनन्।

अन्धकार सन्नाटाबीच घोडचडीको टक्कर–वक्कर आवाज सुनियो। सके छन् की क्या हो भन्ने लाग्यो उनलाई । राजप्रसादको घोडचढी सिपाही (रिसल्ला) राति  अचानक १२ बजे बबरमहलतर्फ बढेको देखियो। ‘अन्धकार सन्नाटामा घोडचडी राणाको ढोकै अगाडि आएर टक्क अडियो । किन, केको हतार पर्‍यो ? राणा छक्क परे।

दरबारको पत्र दिउँसो नपठाएर मध्यरातमै किन? उनलाई लाग्यो ल अब राजाले सके छन् क्यारे । राजाले आज सिध्याउँछन्, कि भोली भन्ने गज्जबको पृष्ठभूमिमा यिनै प्रश्नहरुको चापले हतारिएर उनी लिफफा च्यात्न थाले । त्यहाँ लेखिएको थियो भोलि ३ बजे श्री ५ को दर्शन गर्न नारायणहिटी दरबारमा हाजिर हुनुहोला।

स्नेही निजी सचिव।

दर्शन पाउँ सरकार भनेर विन्तिपत्र नचढाएसम्म दरबारले बोलाउने कुनै चलन थिएन। तर के हतार पर्‍यो र मध्यरातमा चिठी पठाएर भेट्न बोलाएको ? राणा छक्क परे।

बिहानै राणा दिल्ली उड्ने तरखरमा थिए। बाहिर हेरे जताततै हुस्सुले ढपक्क ढाकेको। दरबारको पत्र बारे सोच्दा सोच्दै उनी रातभर सुत्नै सकेनन्।

पुष १ को ‘कु’का योजनाकार पूर्व प्रधानमन्त्री तुलसी गिरीले गत जेठको अन्तिम साता एक बिहान मसँ भनेका थिए– ‘कु हुन्छ भन्ने हामी केहीलाई थाहा थियो तर मिति बारे राजाबाहेक कसैलाई सुइँकोसम्म थिएन।

पुष १ को अघिल्लो रात नारायणहिटी दरबारमा राजा पनि जाग्राम नै थिए। नाताले आफ्नै जेठान सेनापति नीरशमशेर राणामाथि उनको विश्वास थिएन । प्रहरीको नेतृत्वमा २००७ सालको क्रान्तिमा कांग्रेसले बनाएको मुक्ति सेनाका कमाण्डहरु पुगिसकेका थिए । त्यसैले पुलिसमाथि उनी भर पर्न सक्ने अवस्था थिएन।

राजाले कु को योजनाबारे पर्याप्त छलफल र गृहकार्य गरे पनि साइत भने आफ्नो मुटु भित्र बन्द गरेर राखेका थिए। कसलाई कसरी समाउने, के गर्ने भन्ने योजना पनि राजा आफैले आफ्ना निकट सहयोगीलाई समेत बताएका थिएनन्।

कु को योजनामा राजालाई राजनीतिक तहमा सल्लाह दिने प्रमुख  योजनाकार तुलसी गिरी भन्छन् ‘हुन त मसँग कुरा भएरै एक्सनको प्लान राजाले बनाएका हुन्। तर पुष १ गते नै कदम चाल्दैछन् भन्ने मलाई पनि थाहा थिएन।

कु भएको दिन पुष १ गते बिहान ५ बजे नै गिरी गृहमन्त्री सूर्यप्रसाद उपाध्यायलाई भेट्न गएका थिए। गिरीले उपाध्यायसँग सोधे, ‘सहरभरी सिपाही मात्र छन्। तपाई गृहमन्त्री, केही हुनेबाला छ ।’ उपाध्यायले भने ‘खै मलाई त केही थाहा छैन।

हेर डाक्टर यो गृहमन्त्री हुनु भन्दा त सामान्य सिपाही भएको भए केही थाहा हुन्थ्यो की ? हिजो सुवर्णजीसँग बाटोमा भेट भएको थियो। ल वाईवाई म त कलकत्ता गए भनेर हिडे।’

अर्कोतर्फ रातभर सुत्न नसकेका विपक्षी दलका नेता भरतशमशेर बिहानै बीपीलाई भेट्न प्रधानमन्त्रीको त्रिपुरेश्वरस्थित सरकारी निवास पुगे। दुई नेताबीच राजाले आजै कु गर्न सक्छन् भन्ने विषयमा कुरा भयो। बीपीले भने ‘राजाले हतियार प्रयोग गरे भने तत्काल त्यसको प्रतिरोध गर्ने साधन प्रजा पक्षमा छैन।’

त्यस समयमा बीपीका भतिजा शेखर कोइराला शान्तभवन स्थित (हालको पाटन अस्पताल) मा टन्सिलको उपचार गराउँदै थिए। पुष १ गतेकै बिहान उनको अप्रेशन हुँदै थियो। शेखर भन्छन्, ‘बिहान बीपी बाबा अस्पताल आउनुभयो र त्यही उहाँले भन्नु भएको थियो आज राजाले समाउँछन् होला।’

अर्कोतर्फ राजाले राजनीतिक षड्यन्त्रको सम्पूर्ण योजना तयार गरेपछि पुष १ गते बिहान मात्र सेनापति नीरशमशेर राणा र प्रहरी प्रमुखलाई बोलाएर आफू मुलुकको शासनभार हातमा लिने निष्कर्षमा पुगेका सुनाए । उनले भने ‘तिमीहरु सहयोग गर्ने भए गर नत्र दरबारको सेनाले यो काम गर्ने छ।’ सेनापति राणाले सोधे, ‘सरकारबाट कहिलेदेखि यो कदम उठाई बक्सन्छ।’ राजाले भने ‘अहिले नै।’

राजाको आदेश सुनेपछि प्रधानसेनापतिले आश्चर्य जनाउँदै भने, ‘सरकार यो त व्यवस्था विपरित हुन्छ । चुनिएर आएको यस्तो सरकारलाई गिरफ्तार गर्दा सरकारलाई नै नराम्रो पर्दछ।’ सेनापतिको कुरा सुनेपछि राजाले उनलाई दरबारमै बस्न आदेश दिए।

सेनामा उनी पछिका सुरेन्द्रबहादुर शाह पनि राजाको कदमप्रति सहमत हुन सकेनन्। सेनाको नेतृत्व कुको पक्षमा नदेखिएपछि राजाले राजदरबार भित्रकै सेनाका जेनरल समरबहादुर कुँवरको नेतृत्वमा प्रधानमन्त्री कोइरालालाई गिरफ्तार गर्न सैनिक खटाए ।

त्यो दिन थापाथली उकालोस्थित तुङगशमशेर राणाको दरबारमा तरुण दलको महाधिवेशनमा सुरु हुँदै थियो। बीपीले उद्घाटन गर्ने त्यो अधिवेशनमा देशभरबाट युवा प्रतिनिधिहरु आएका थिए। गणेशमान सिंह, श्रीभद्र शर्मा, कष्णप्रसाद भट्टराईलगायत कांग्रेसका शीर्ष नेता र सबैजसो मन्त्री त्यहीं थिए।

अधिवेशनमा बीपीले भाषण नसक्दै कर्णेल समरराज कुवर सैनिक वर्दीमा मञ्चतर्फ उक्लिए। उनले केही समयमै प्रधानमन्त्रीका अंगरक्षकलाई बाहिर आउन इसारा गरे। त्यसपछि सेनाले सम्मेलन स्थल घेरिहाल्यो।

अनी प्रधानसेनापतिको रोलमा रहेका शाही सेनाका दोस्रो तहका जर्नेल सुरेन्द्रबहादुर शाह मञ्चमा उक्लिए र प्रधानमन्त्रीलाई स्यालुट ठोके। अनि सुरुमै प्रधानमन्त्रीको सुरक्षाका लागि खटिएका बडीगार्डको रिभल्वर कब्जामा लिए। त्यो दृष्य देख्ने बित्तिकै गृहमन्त्री सूर्यप्रसाद उपाध्यायले भने, ‘ल सकियो। उनले प्रधानमन्त्री बीपीलाई भने देख्नु भएन तपाईको बडीगार्डको पिस्टल खोसेको।’

मञ्चमा रहेका बीपीले १५ सेकेण्ड जति कुनै प्रतिकृया दिएनन्। त्यसपछि जर्नेल शाहले उहाँलाई पनि भनेर देखायो, अनि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईतर्फ देखायो । मञ्चमा रहेका महामन्त्री श्रीभद्र शर्मालाई तपाईहरु सभा चालु राख्नुहोला भनेर बीपी बाहिरिए।

त्यो दिनको स्मरण गर्दै गणेशमान सिंहले भनेका छन्, ‘डपुटी कमाण्डर इन चिफ सुरेन्दबहादुर शाहको ओठमुख सबै सुकिसकेको थियो। उनलाई समशरबहादुरको आदेशमा खटाइएको थियो। समरबहादुरले जसजसलाई गिरफ्तार गर्न भन्यो शाह उनीहरुलाई जीपमा बस्न अनुरोध गर्दै थिए। (गौतम्, २०७१ : ३५)

थापाथलीबाट गिरफ्तार गरिएका बीपी, गणेशमान, सूर्यप्रसाद र कृष्णप्रसाद चारै जनालाई एउटै मोटरमा राखेर सिंहदरबार लगियो। बीपीलाई सिंहदरवारस्थित बिलियार्ड हल र मन्त्रीहरु गणेशमान सिंह र सूर्यप्रसाद उपाध्याय र सभामुख कृष्णप्रसाद भट्टराई लगायतलाई वरफवाग पुर्‍याएपछि रेडियो नेपालबाट अपरान्ह्र साढे ३ बजे शाही घोषणा भयो। अनि हेलिकप्टरवाट शाही घोषणाको पर्चा देशभरी छरियो।

१८ महिनाअघि भएको संसदीय चुनावमा दुई तिहाई बहुमतबाट निर्वाचित सरकारलाई अपदस्त गरियो । राजा आफैंले शासन सत्ता चलाए । भनिन्छ राजनीतिमा कोही कसैको स्थायी मित्र र शत्रु हुँदैन। राजा र बीपीको सम्बन्ध पनि त्यतै रह्यो।

पूर्वप्रधानमन्त्री तुलसी गिरीले पुष १ को कदम उठाउनु पर्ने कारण बनाउँदै लेखकसँग भनेका छन् राजा महेन्द्र र बीपीबीच व्यक्तित्वको टकराव थियो, सिद्धान्तको होइन । बीपीले आफूलाई जी हजुरी गरुन् भन्ने अपेक्षा गर्दथे राजा ।

तर बीपीबाट त्यस्तो व्यवहार असम्भव थियो। बीपी सार्वभौमसत्ता जनतामा हुनु पर्छ भन्ने मान्यता राख्थे । राजा आफूलाई देवताको अवतार ठान्थे र राज्य शक्तिको श्रोत आफूमा निहित छ भन्ने मान्याता राख्दथे। त्यो झगडा राजा र बीपीबीचको भन्दा पनि शासन शक्तिको श्रोत जनता हुने कि राजा भन्ने मुद्दाको थियो।

राजाका सचिवसमेत रहेका ईश्वरीमान श्रेष्ठले आफ्नो आत्मकथामा राजा महेन्द्र र बीपीको सम्बन्धबारे भनेका छन्, ‘राजा बीपीको भावना र विचारको कदर गर्थे भने कार्यशैलीको विरोध गर्थे। बीपीको व्यक्तित्वबाट भारतीयहरु झस्केका थिए।

उनीहरु बीपी निर्वाचित प्रधानमन्त्री भएकोमा खुसी थिएनन् र राजालाई सहयोग गरेका थिए। राजा महेन्द्र बीपीलाई अपदस्त गरी शासनसत्ता आफ्नै हातमा लिँदा पनि बीपीलाई मात्र परिवर्तन गरी निर्वाचित सरकार राख्न चाहन्थे।

धेरैपटक राजाले विश्ववेश्वरसँग कुरा गर्न चाहे तर बीपी झुक्दै नझुक्ने। त्यसैले त्यो राजा र बीपीको व्यक्तित्वको लडाई थियो र राजाले उनलाई कारावासको सजाय दिए। पञ्चायती व्यवस्था लागु गरे पछि उनले तुलसी गिरी, सूर्यबहादुर थापा, किर्तीनिधि विष्ट आदिलाई प्रधानमन्त्री बनाए।

तर कुनैबाट पनि त्यति सन्तुष्ट हुन सकेनन्। त्यसैले त २०२८ सालमा स्वर्गे हुनु अघि नै उनले भनेका थिए ‘मैले धेरैलाई प्रधानमन्त्री र मन्त्री बनाए तर विश्ववेश्वर जस्तो योग्य र दुनियाँलाई देखाउन लायकको प्रधानमन्त्री अर्को हुन सकेन।’ (श्रेष्ठ, २०७० : ४६)

[डायरी अफ जगत नेपालबाट]

प्रकाशित मिति: मंगलबार, पुस १, २०७६  ११:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान वैकल्पिक ऊर्जा प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आएका अर्घाखाँचीका इन्जिनियर रेशम नेपालीले धो तारापमा सोलार बत्ती जडान गर्ने क्रममा क... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना सामान्य खोकीबाट सुरु भएको समस्या गम्भीर बन्दै गएपछि तीनवटा अस्पताल पुगेका ७ वर्षीय बालकको फोक्सोमा देखिएको समस्या अन्ततः श्वासनलीमा... मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? बालेन सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक क्षेत्राधिकार मिचेर गठन गरेको सम्पत्ति छानबिन आयोगको कामकारबाहीमा सर्वोच्... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्