मस्को- रूसले सन् २०१९ मा १३ अर्ब अमेरिकी डलर बराबरको हतियार विश्वका विभिन्न मुलुकमा आपूर्ति गरेको राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार बताएका छन्। उनका अनुसार रूसले हतियार आपूर्तिबाट गत वर्षको तुलनामा यस वर्ष दुई अर्ब अमेरिकी डलर बढी आम्दानी गरेको छ।
‘अस्वस्थ प्रतिस्पर्धा र रूसमाथिको कडा प्रतिबन्ध’ का बाबजुद विश्वमा रूसको हतियार बजार फस्टाएको छ,’ पुटिनले विदेशी मुलुकहरूसँगको रूसी सैनिक प्रविधि सहकार्य आयोगसँगको बैठकमा भने।
यस वर्ष रूसमा सातवटा अन्तर्राष्ट्रिय सैन्य प्रदर्शन गरेको र यसबाट रूसी हतियारको बजार प्रवर्द्धनमा थप टेवा पुगेको उनले बताए।
यस वर्ष हतियार बिक्रीका लागि करिब पाँच अर्ब ५९ करोड अमेरिकी डलर बराबरको सम्झौता गरेको रूसले जनाएको छ।
राष्ट्रपति पुटिनले हतियार निर्यात गर्दा रूसले सधैँ सामुहिक सुरक्षा सन्धि संगठन, कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स र अफ्रिकासहितका परम्परागत साझेदार मुलुकहरूलाई प्राथमिकता दिने उल्लेख छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।