काठमाडौं- नेपाली कांग्रेसले संसदमा सरकारले दर्ता गराएको ‘नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’प्रति आपत्ति जनाएको छ।
विधेयकले नागरिकको स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने, नागरिकका हरेक सूचना चुहावट हुने, गोपनियता भंग हुने र स्वतन्त्रतालाई समाप्त गर्ने नियतले संविधानको प्रतिकूल हुने गरी विधेयक ल्याइएको कांग्रेसले जनाएको छ।
संसदीय दलका नेता बालकृष्ण खाँणले नागरिकको हक प्रतिकूल ल्याइएको विधेयक प्रति आपत्ति जनाएका हुन्।
उक्त विधेयकलाई तत्काल फिर्ता गर्न समेत सरकारसँग माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।