एजेन्सी– बंगलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनले भारतीय नागरिकहरु राम्रो अर्थव्यवस्था र निःशुल्क भोजनका लागि बंगलादेश आइरहेको बताएका छन्।
पत्रकारसँग कुरा गर्दै उनले भनेका छन्, ‘भारतीयहरु बंगलादेशमा आइरहेका छन्, किनकि हाम्रो अर्थव्यवस्था मजबूत छ, यहाँ आएकाहरुले जागिर पाइरहेका छन् र निःशुल्क भोजन पाइरहेका छन्।’
भारतीयहरु बंगलादेशमा आउने गरेको प्रश्नमा उनले बंगलादेशमा अवैध रुपमा रहेका भारतीयलाई फिर्ता पठाइने पनि बताए।
बंगलादेशी विदेशमन्त्रीले भारतको तुलनामा आफ्नो मुलुकको अर्थव्यवस्था उत्कृष्ट रहेको र बेरोजगार भारतीय बंगलादेश आइरहेको उल्लेख गर्दै केही बिचौलियाले निःशुल्क खाना पाउने लोभ देखाएर भारतीयलाई बंगलादेश पठाउने गरेको पनि बताए।
उनले कुनै बंगलादेशी अवैध रुपमा रहेको भए जानकारी दिन आफूले भारतसमक्ष आग्रह गरेको पनि बताए।
उनले भारतको नयाँ नागरिकता कानुनका बारेमा टिप्पणी गर्न पनि अस्वीकार गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।